काठमाडौं । साताको छैटौं दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ८०० रुपैंयाँले बढेको हो ।
बिहिबार ६५ हजार रुपैंयाँँमा कारोबार भएको छापावाल सुनको मुल्य आज शुक्रबार बढेर ६५ हजार ८०० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि आज बिहिबार तेजावी सुन ६५ हजार ५०० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै बुधबार चाँदी रु ७७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।