काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।
शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महंगो मूल्यमा कारोवार भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि नेपाली बजारमा ह्वात्तै भाउ बढेको महासंघले जनाएको छ।
पछिल्लो समय सुन महँगो भएपछि बजारमा सुन किन्न आउनेको भिड कम हुने गरेको व्यवसायीहरु बताउँछन्।
त्यसैगरि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।