काठमाण्डौ । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य इतिहासकै महंगो भएको छ । सुन आज तोलामा रु १५ सयले बढेको हो ।
आज सोमबार सुनको भाउ तोलाको रु ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।
आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । भारत र पाकिस्तानको तनाब बढेपछि भारतीय मुद्रा कमजोर भएकाले नेपालमा पनि त्यसको असर परेको सुन चाँदी व्यवसायीहरु बताउछन् ।
सुनको भाउ बढेर कम मात्रै बिक्री हुन थालेपछि ब्यापारीले बैंकसँग पनि सुन किन्न छाडेका छन् ।
त्यसैगरि सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ ।