कश्मीर विवादमा सरकारमाथी राहुलको आक्रोश – सरकारले कश्मीरका जनताको अधिकार खोस्यो

Halesi
0 Shares

काठमाडौं । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएर केन्द्र सरकारले नियन्त्रण लिएको सन्दर्भमा कांग्रेस नेता राहुल गान्धीले आक्रोश पोखेका छन् । उनले निर्वाचित प्रतिनिधिलाई जेलमा राखेर राष्ट्रिय एकताको नाममा कश्मीरका जनताको अधिकार खोसिएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले जमीनको टुक्राबाट मात्रै देश नबन्ने भन्दै सचेत रहन सरकारलाई सुझाएका छन् । ‘राष्ट्रिय एकीकरणको अर्थ जम्मु–कश्मीरलाई टुक्र्याउन, चुनिएका प्रतिनिधिलाई जेलमा बन्द गर्न र संविधानको उल्लंघन गर्न होइन् ।’ राहुलले भनेका छन्, ‘देश जनता मिलेर बन्ने हो । कुनै जमिनको टुक्राबाट होइन् ।’ राहुलले सुरक्षा संयन्त्रलाई गलत दुरुपयोग गरिएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाउने संकल्प पेश गरेका थिए । यससँगै सरकारले जम्मू–कश्मीरबाट विशेष राज्यको दर्जा फिर्ता लिएको छ । अनुच्छेद ३७० लाई हटाइएको छ ।

अबबाट जम्मू–कश्मीर र लद्दाख दुवै केन्द्रशासित प्रदेश हुनेछन् । गृहमन्त्री शाहले उचित समय आएसँगै ती क्षेत्रलाई छुट्टै राज्यको पनि मान्यता दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया