धुर्मुस–सुन्तलीद्वारा ‘सेन्टी भाइरस’ बनाउने घोषणा

Halesi
0 Shares

काठमाडौं । हाँस्य कलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ९सुन्तली०ले चलचित्र निर्माणको घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच उनीहरले ‘सेन्टी भाइरस’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् । उनीहरुले चलचित्र बनाउने चर्चा चलेको लामै समय भएपनि यसको घोषणा भने हुन सकेको थिएन । कार्यक्रममा कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए । धुर्मुस भने–‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढिरहेको छ । डीपीआर दशैंसम्म सकिन्छ होला । यो भन्दा अगाडि नै हामी चलचित्रको छायांकन सक्नेछौ ।’ उनले लामो समयपछि फेरि आफूहरुले पर्दामा पाइला राख्न लागेको बताए । कलाकार सुन्तलीले बाल्यकालदेखि नै आफूलाई फिल्ममा अभिनय गर्ने रहर भएको बताउँदै अब ‘सेन्टी भाइरस’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् । सामाजिक कथावस्तुमै बन्ने कमेडी जनराको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई छायाँकार शैलेन्द्र डि। कार्कीले खिच्नेछन् । सुबिहानी फिल्मस् प्रा।लिको ब्यानरमा यो फिल्म बन्नेछ । राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह–निर्मातामा फूर्पा लामा रहेका छन् ।

तपाईको प्रतिक्रिया