सुमधुर सम्बन्धका लागी महिलाले जान्नु पर्ने पुरूषका बानीहरू

Halesi
0 Shares

जिवनमा पति पत्निको सम्बन्ध निकै सुमधुर त हुन्छ नै जटिल पनी उत्तिकै हुन्छ । एकले अर्कालाई राम्रो सँग बुझ्न सकिएन भने जिवन निकै निरस र उजाड हुन्छ । बुझ्न सकियो भने त्यो जति सरल र आनन्दको जिवन अरु हुँदैन । त्यसैले पनि अन्डस्ट्यान्डिङ बैवाहिक जिवनको निकै महत्वपुपर्ण चिज हो । एकले अर्कालाई बुझ्न सक्दो प्रयास गर्नु पर्दछ । हामी यँहा महिलाले पुरुषलाई बुझ्नका लागी जानि राख्नु पर्ने केही कुराहरु राख्न गइरहेका छाैँ ।

  • श्रीमानले श्रीमतिलाई धेरै गफ गरेको मन पर्दैन भनिरहन्छन् । उनिहरु यसले गर्दा समयको बर्बाद भएको जस्तो देखाउन खोजिरहेका हुन्छन् ।  तर वास्तवमा यो मन नपरेर यसो भनेका हुँदैनन् । बरु यस्तो ब्यावहार देखाउनु उनिहरुको बानि हुन्छ । तपाइँ नजिकिएर फकाउँदा सम्बन्ध राम्रो हुन्छ । त्यसो भनिहाल्दैमा तपाईँ आतिनु हुँदैन ।
  • पुरुषलाई आफ्नो श्रीमती होस या केटि साथी नै किन नहोस अरु सँग कुरा गरेको मन पर्दैन। यदि कसै सँग कुरा गरेको देखेमा उनिहरुलाई जलन हुन्छ । उनिहरुको खुसिको लागी पनी तपार्इँले त्यसो नगर्दा सम्बन्धमा निखारता आउँछ । सबैभन्दा बढि यो कुरालाई ख्याल गर्नु जरुरि हुन्छ ।
  • पुरुषको उमेर जतिसुकै बुढो भएपनी आमाका लागी उ सधैँ बच्चा नै हुन्छ र उ पनी आमाबाट त्यही किसिमको मायाको अपेक्षा गरिरहेको हुन्छ । त्यसैले उसको आमाको बारेमा कहिल्यै नराम्रो नभन्नु धेरै ब्ुद्धीमानी हुन्छ ।
  • पुरुषले माया पनी आफ्नो तरिकाले गरिरहेका हुन्छन् । सँधै मिठो बोलेर मात्रै माया गरेको हुँदैन । उनिहरु चर्को बोल्दा पनी कहिले माया सँगै दर्शाइरहका हुन्छन् । यो कुरा लाई निकै ख्याल राख्न जरुरी हुन्छ । यदि त्यसो गरेको खण्डमा चित्त दुखाउनु हुँदैन ।
  • तपार्इँ आफ्नो श्रीमानलाई तपाईलाई सहज कसरी हुन्छ त्यो ढंगले मात्रै काम गराउने प्रयास बिल्कुलै नगर्नु होस । किनकी साहेद यो बानि उसलाई मन नपर्न पनी सक्छ । त्यसैले दुबैलाई सहज हुने किसिमले मात्रै कामको सिफारिस गर्नुहोस । र सम्बन्धलाई सुमधुर बनाउनुस ।
  • श्रीमानले जहिले पनी श्रीमती सँग प्रत्येक कुरामा सकरात्मक रेसपोन्सको अपेक्षा गरिरहेका हुन्छन् । तपाईँले केही कुरामा फरक मत राख्नु परेमा विस्तारै आफ्नो कुरामा प्रवेश गर्नूृृ राम्रो हुन्छ । तर जबर्जस्ती भने गर्नु हुँदैन । कहिलेकाँही भने तपार्इँको इन्कारले पनी उसको जिवनमा खुशि ल्याइरहेको हुन्छ । यस्तो कुरामा भने ख्याल राख्नु जरुरी हुन्छ ।
  • पुरुषहरु प्रायः अरु महिलालाई चेक गर्न खोजिरहेका हुन्छन् । कहिलेकाँही तपार्इँ सँगपनी त्यस्तो ब्यावहार गर्न सक्छन् । त्यस्तो कुरामा ध्यान नदिदाँ नै राम्रो हुन्छ  ।
  • प्रत्येक पुरुष सँग जिवनमा ठुलो काम गर्नै पर्ने इगो हुन्छ । तपार्इँ ले त्यो काम पुरा गर्नका लागी सहयोग गर्न सक्नुभएन भने असहयोग पनी नगर्नु होस ।
  • इन्टरनेटमा तपार्इँको श्रीमानले के कुरामा सर्फ गरिरहेको हुन्छन, त्यो कुरा लाई जान्ने प्रयास कहिल्यै नगर्नुस  । त्यस्ले तपार्इँको सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नेछ ।

तपाईको प्रतिक्रिया