काठमाडौं। डेढ महिनादेखि निरन्तर उकालो लागेको सुनको मुल्य आज स्थिर रहेको छ । बुधबार सुनको कारोबार प्रतितोला ७२ हजार ६ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने सुनको मुल्य ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ७२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मुल्य स्थिर रहेपनि चाँदीको मुल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ नेपालको इतिहासमै सबैभन्दा उच्च हो । हिजो चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
विश्व बजारमा सुन–चाँदीको मुल्य उच्च रहेको र डलरको मुल्य पनि बढेका कारण नेपालमा निरन्तर रुपमा सुन(चाँदीको मुल्य बढेको महासंघले जनाएको छ ।