खोटाङका एघार महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया

Halesi Khabar
0 Shares

खोटाङ, २५ कातिक । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा खोटाङका ११ जना पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका खोटाङको तीन स्थानीय तहका ११ जना महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराइएको हो ।

जिल्लामा महिला प्रजनन् अधिकार सम्बन्धी काम गर्दै आएको उक्त संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका आठ जना महिलाको शल्यक्रिया गराएको छ । यस्तै, रावाबेँसी गाउँपालिकाको दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको एक जना महिलालाई राजधानी काठमाडौँ जान÷आउन तथा खान÷बस्नको व्यवस्था मिलाइ दिएको हो ।

उनीहरुको साथमा एक÷एक जना कुरुवा समेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताउनुभयो । “जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौँ पठाइएको थियो”, उहाँले भन्नुभयो, “अहिले उनीहरु एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा रहेका छन् ।”

काठमाडौँमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एसोसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार रावाबेँसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत रहेका छन् ।

उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिको साझेदारी संस्था हलेसी विकास मञ्च खोटाङका कार्यक्रम संयोजक विरेन्द्र मगरले जानकारी दिनुभयो । केडको कार्यक्रम रावाबेँसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामिण युवा सशक्तिकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया