भीम राई
पार्टीको प्रशिक्षण अभियान खोटाङको दश वटै स्थानीय तहमा सकेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना कार्यकताहरुलाई के सिकायो ? विचारका हिसाबमा कार्यकर्ताहरु उत्साहित भएका हुन की ? सत्ता र शक्तिको नजिकमा पुगेर सहभागिता जनाएका होलान ? विचार गर्नु पर्ने कुराहरु यी होलान् जस्तो लाग्दछ ।
निकै लामो केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुको लाइन गएर दिइएको भाषणहरु प्रशिक्षित हुन लायक थिए कि अहिले भइरहेको विकास निर्माण तथा सत्ता साझेदारीतामा भएका कामहरुको समिक्षा थिए ? प्रशिक्षण कुन तहका नेताहरुले कुन तहका कार्यकर्ताहरुलाई दिइएको हो ? कम्युनिष्ट पार्टीको कार्यकताहरुलाई दिइने प्रशिक्षण र आम नागरिकहरुका बीचमा गरिने भाषणमा फरक छ कि छैन ? यस पटकको नेकपा खोटाङको लम्बे अभियानले यी प्रश्नहरु उठाएको छ ।
जिल्लामा नेकपाको सङ्गठन एकदमै मजबुद छ । दश वटा स्थानीय तहमा एक नगरपालिका र तीन गाउँपालिका बाहेक सबैमा नेकपाकै नेतृत्व छ । तीनमध्ये दुई गाउँ पालिका ऐसेलुखर्क र बराहापोखरीमा उपप्रमुख समेत नेकपाकै नेतृत्व छ । जिल्लाबाट सङ्घ र प्रदेशमा नेकपाकै सांसदहरु छन् । यसले नेकपाको खोटाङ जिल्ला एकदमै बलियो मानिएको जिल्ला हो भन्दा कसैले प्रश्न उठाउने ठाउँ छैन ।
यी सबै नेताहरुलाई स्थापित गर्ने कार्यकर्ताहरु कम आँक्न मिल्दैन । अब प्रश्न उठाउनु पर्ने विषय भनेको यी सबै कम्युनिष्ट पार्टीका नेता कार्यकताहरु वैचारिक हिसाबले परिपक्व छन् कि प्राविधिक हिसाबले मात्रै भन्ने मुल विषय हो । कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्राविधिक हिसाबले भन्दा वैचारिक तथा सैद्धान्तिक हिसाबले परिपक्व हुनुपर्दछ भन्ने मान्यता छ ।
कार्यकताहरुले पार्टीको राजनैतिक कार्यदिशा, पार्टीले अङ्गिकार गरेको दार्शनिक सिद्धान्त, सिद्धान्तलाई व्यवहारमा उतार्ने किसिमको कार्यशैलि निर्माण गर्नुपर्दछ । तर हाम्रा नेता कार्यकताहरुले यसो गरेका छन् । यो विषयमा अभिरुचि राख्लान् ? यी निकै जटिल प्रश्नहरु हुन् । जस्ले कम्युनिष्ट पार्टीको नाम त केहि समय सुनिएला तर कम्युनिष्ट दर्शन भने पक्कै असफल हुन्छ ।
अलिकति विगतको स्मरण गरौँ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भएको एउटा कार्यक्रममा राजनीतिक बहसको कार्यक्रममा नेकपा पार्टी अध्यक्ष देवान किराती (क. पृथ्वी) ले अन्तरकृयाको कार्यक्रम भन्दै हुनुहुन्थ्यो । ‘हाम्रा कमरेडहरु काठमाडौंँबाट खोटाङमा कम्युनिष्ट आदर्श, तथा माक्र्सवादको विषयमा प्रशिक्षण दिन आउनु हुन्छ । आउँदा आउँदै बाटोमा हलेसी महादेवको मन्दिरमा विहानै पुजापाठ गरेर शक्ति बटुल्नु हुन्छ । अनि बल्ल सदरमुकाम आएर द्धन्दात्मक भौतिक वादको प्रशिक्षण दिनु हुन्छ । ’
यो निकै घत लाग्दो र रोचक लागेको प्रसंग थियो । यसलाई आलोचनात्मक चेतको ढोकाका रुपमा लिनु पर्दछ । यसका जवाफमा पछि कं सरल सहयात्रीले त्यही कार्यक्रममा सचेततापूर्वक उठाउनु भयो । ‘आध्यामिक वादीहरुले त्यहाँ जाँदा भगवानको नाम भेट्छन । उनिहरुले आस्था गरे अनुसार वर माग्लान् तर हामी भौतिक वादीहरुले त्यहाँ जाँदा त्यो स्थानको भौगोलिक सुन्दरको खोज गर्न सक्नु पर्दछ ।’
वास्तमा यी दुई तर्कहरु आएपछि अलिकति राजनीतिक हिसाबले विचार दर्शनका बारेमा अब बहस गर्ने बेला आएको हो की भन्ने ठाउँ सिर्जना भएको छ । एक पुराना कम्युनिष्ट नेता (जस्ले खोटाङ जिल्लाको बामपन्थी आन्दोलनमा कुनै बेला जिल्लाको मोर्चा हाँकेका थिए) ले एउटा बसाई वर्तमान कम्युनिष्ट आचरणको बारेमा सुनाए । ‘खै कमरेड ! उहिले हामीले भुमिगत हुँदै खुल्ला राजनीतिमा आउँदा सम्म पार्टीको वैचारिक र सैद्धान्तिक धारलाई बचाउन निरन्तर प्रशिक्षण गर्दा माक्र्सवाद र लेनिनवादको बारेमा हाम्रा यूवा सङ्गठनको टोल समिति र विद्यार्थी सङ्गठनका विद्यालयको प्रारम्भिक कमिटी र सह प्रारम्भिक कमिटीका लेभल राम्रै बहस हुन्थ्यो ।
अहिले त पार्टी कै जिल्ला कमिटिका नेता हुँ भन्छन् । माक्र्सवाद, लेनिनवाद र इस्लामावाद छुटाउन सक्दैनन् । अस्ती एउटा भाईले यस्तै यस्तै पाराले कुरा सुनाएर गयो । म पो छक्क परेँ कि नेपालमा कम्युनिष्ट फेरियो ?’ यो सुने पछि कुनै जवाफ खोजिरहनु परेन हाम्रा वर्तमान नेता कार्यकर्ताहरुको अध्ययन, कार्यशैलि र संगठनात्मक प्रवृत्ति हेर्दा चित्त बुझाउनै पर्ने भयो ।
यस्तै अर्को पनि घटना भेटियो । जुन कम्युनिष्ट पार्टीकै जिल्ला तहको राम्रै नेता मानिनु हुन्छ । उहाँले एकदिन सैद्धान्तिक छलफल चल्दै गर्दा एकजना मित्रले प्रश्न सोधेछन् । कमरेड तँपाईको पार्टीले माक्र्सको ‘निषेधको निषेध’ भन्ने नियमलाई कसरी लिन्छ ? ति कमरेडको अच्छा उत्तर आएछ ‘मित्र यस्तो जमना गयो हाम्रो पार्टी अब कसैलाई निषेध गर्दैन, सबै बराबर मानेर चुनावमा जाने, चुनाव जित्नेले शासन गर्ने हो ।’ अब के भन्ने होला ?
यी सबै घटनाको मुख्य जड पार्टी संगठनलाई सैद्धान्तिक वैचारिक प्रशिक्षणको अभावले भएको हो । नेताका लागि नेताहुने प्राविधिक हिसाब किताव मिलाएर नेताहुने प्रवृत्तिले जन्माएको विढम्बना हो । हिजा माओका ८ नियम र ३ उपनियमको हरदम चर्चा गर्ने नेताहरुले अहिले आफ्नो कार्यकतालाई त्यो कुराको प्रशिक्षण दिन जरुरी नठानेका कारण विग्रिएको हो । हिजो ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादको चर्चा हुन्थ्यो ।
माक्र्सवाद लेनिनवादको कुरा हुन्थे, चिनिया सर्वहारा साँस्कृतिक क्रान्तिको बारेमा प्रशिक्षण हुन्थ्यो । यस्तै धेरै धेरै कम्युनिष्ट आदर्शका पुस्तकहरुको अध्ययन वैचारिक छलफलहरु भएपछि नै आम नेपाली मनहरुमा कम्युनिष्ट पार्टी प्रति लगाव बढेको हो । पूराना कम्युनिष्ट नेताहरु अहिलेपनि हुनुहुन्छ । अहिले उहाँहरुको साइज घटाइएयो । जिम्मेवारी दिने भन्दा बढी कसरी कुनामा थन्काउने भन्नेमा बढी खेलहरु हुन थाले ।
प्रशिक्षण हुने बन्द कोठामा जोड घटाउको काम हुन थालेपछि अवस्था भयावह भएको छ । यसले एक÷दुई निर्वाचन त धान्ला तर पछिल्लो समयमा गएर नेपालमा कम्युनिष्ट पार्टी नै ‘क्लिन स्विप’ हुन बेर छैन । नेता गणहरुले सङ्गठन सुद्धिकरण तथा सुदृढीकरणका बारेमा बेलैमा ध्यान पु¥याउन भन्ने शुभकामना ।
लेखक ः नेकपा निकट प्रेस सङ्गठनका केन्द्रीय सदस्य हुन् ।