हलेसी खबर/
खोटाङ, ४ पुस । नेपाल सरकार राष्ट्रिय योजना आयोगले खोटाङ जिल्लालाई आर्थिक वर्ष २०७६÷७७ को लागि २६ करोड ५९ लाख १२ हजार ९ सय २८ रुपैयाँ वजेट आएको छ । समपुरक र विशेष अनुदान वापत १४ वटा योजना संचालन गर्ने गरि बजेट आएको हो ।
राष्ट्रिय योजना आयोगका अनुसार समपुरक अनुदान मार्फत पूर्वाधार क्षेत्रमा बाक्सिला सप्तेश्वर कादेल सडकका लागि १ करोड ३६ लाख रुपैयाँ, विद्युत विस्तार बाहुनी डाँडा १ करोड ७७ लाख रुपैयाँ, बाटोफेदी मोटरेवल पुलकालागि १ करोड १२ लाख रुपैयाँ छुट्टयाईएको छ । यस्तै विद्युत सेवाबाट बञ्चित रहेका क्षेत्र र समुदायमा विद्युत सेवा सुविधा उपलब्ध गराउने योजना तथा कार्यक्रममा ६८ लाख रुपैयाँ, बाराहा पोखरी तालको चारैतीर पदमार्ग निर्माणका लागि २७ लाख रुपैयाँ र पोखरी क्षेत्र भित्र भवन निर्माण शिर्षकमा २१ लाख रुपैया विनियोजन गरिएको छ ।
यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र शिर्षक अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्र्तगत वडा कार्यालय भवनहरु निर्माण आयोजनामा १ करोड २५ लाख रुपैयाँ र गाउँपालिका भवन निर्माणका लागि ७१ लाख रुपैया विनियोजन भएको राष्ट्रियो योजना आयोगको कार्यलयले जनाएको छ । यस्तै समपुरक कोष अन्र्तगत कै आर्थिक क्षेत्र शिर्षकमा इन्द्रेणी पोखरी पर्यटन क्षेत्र विकासमा २२ लाख रुपैया छुट्टयाईएको छ ।
यसैगरी आयोगले विशेष अनुदान अन्तर्गत शिक्षा शिर्षकमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र न्युन साक्षरता भएका क्षेत्रको शैक्षिक विकासकालागि विद्यालय क्षेत्र पूर्वाधार सुधार आयोजना अन्र्तगत २ करोड ५० लाख रुपैया विनियोजन गरेको छ । त्यस्तै खानेपानी शिर्षकमा लिच्किराम्चे खानेपानी योजना खोटेहाङ ९का लागि २५ लाख, जन्तेढुङगा खानेपानी योजना १ करोड रुपैयाँ, रावावेसी गाउँपालिकामा ठाडोखोला हरमटार मुहान, खार्पा खानेपानी योजना, पालिका स्तरिय खेल मैदान शिर्षकमा ५० लाख रुपैया विनियोजन भएको छ । त्यस्तै खोटेहाङ गाउँपालिकामा फोहोर मैला व्यवस्थापनका लागि २० लाख रुपैया छुट्टयाईएको योजना आयोगको आधिकारीक वेभ साईडमा पाईएको छ ।
बजेट विनियोजन भएपछि खोटाङका प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले खुशी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै ‘बजेट प्राप्त हुनु सानो कुरा हुँदै हैन, तर अझ ठुलो कुरा चै समयमै पारदर्शी र गुणस्तरीय काम हो । यसमा स्थानीय तहको यथोचित ध्यान जानुपर्छ ।’ भन्दै सचेतताको लागि आग्रह समेत गरेका छन् ।