हलेसी खबर
खोटाङ । मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन नेपाल कम्युनिष्ट पार्टी नेकपा बाहेक कुनैपनि विकल्प नभएको नेकपाका केन्द्रिय नेता तथा खोटाङ जिल्लाबाट प्रदेश सभाका सांसद रामकुमार राईले बताएका छन् । खाटाङ जिल्लाको दिप्रुङ गाउँपालिका वडा नं ३ छोरम्बुमा आयोजित टोल कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सफत ग्रहण तथा राजैनितक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा राखेका हुन् ।
नेकपा केन्द्रिय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख समेत रहेका राईले नेपाली जनताले अपेक्षा गरेको विकास निर्माणमा लाग्न सक्ने राजनीतिक दलका रुपमा आफ्नो पार्टी रहेको बताएका छन् । यस्तै कार्यक्रममा विशेष अतिथि नेकपाका केन्द्रिय सदस्य तथा कार्यक्रमका विशेष अतिथि दुर्गाजयन्ती राईले नेकपाको राजनीति जनताको मुक्तीसँग गाँसिएको बताएकी छन् ।
नौ वटा टोल कमिटिका १९ ÷१९ जना सदस्यीय समितिलाई सफत दिलाउने कार्यक्रममा जिल्ला कमिटि सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य दिपक पाण्डे लगायतका नेताहरुले बोलेका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं ३ का वडा कमिटि अध्यक्ष काशिराज राईको सभापतित्वमा कार्यक्रम भएको त्यहाँबाट लक्ष्मिकुमार राईले जानकारी दिएका छन् ।