प्रहरी चौकी यथावत राख्न गृहमन्त्री समक्ष सांसद भट्टराईको माग

Halesi Khabar
0 Shares

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खोटाङको छितापोखरीमा रहेको प्रहरी चौकी यथावत राख्न गृहमन्त्री समक्ष माग गरेका छन् । ५५ बर्ष देखि स्थापित चौकी नहटाउन सांसद भट्टराईले मंगलबार गृहमन्त्री समक्ष माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य भट्राईले मंगलबार गृहमन्त्रालय पुगेर ज्ञपान पत्र बुझाउदै भने,जनताले गासँ, बास र कपास दिएर स्थापना गरेको चौकी हटाए जनता आन्दोलित हुने छन् । बिना जानकारी हटाउन गृहले निर्देशन दिनु आपत्तिजनक रहेको जनाउदै सांसद भट्टराइले गाउँपालिकाको केन्द्रमा तत्काल अर्को चौकि स्थापना गर्न माग समेत गर्नु भएको छ ।

गाउँपालिकाको विच भागमा रहेको चौकि हटाएर पालिका नजिक लानु भन्दा पालिका असपासमा अर्को चौकि स्थापना गर्न र छितापोखरी बजारमा रहेको प्रहरी चौकि यथावत राख्न सांसद भट्टराइले माग गरे । प्रहरी चौकि यथावत राखिनु पर्छ भन्दै सांसद भट्टराईसगँ नेकपा नेता कुमार आचार्य, युवा संघका केन्द्रीय सदस्य विनोद राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लोकेन्द्र राई, वडा नं ६ का अध्यक्ष मिलन राई लगाएतको टोलि गृह मन्त्रालय पुगेको थियो ।

सांसद भट्टराईको मागलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा (वादलले) छितापोखरीमा रहेको प्रहरीचौकी यथावत राख्ने बचन दिएका छन् । ज्ञापन पत्र बुझ्दै गृह मन्त्रि बादलले भने, खास कुरा आज बुझियो कुनै हालतमा छितापोखरी चौकी अन्यत्र सारिदैन, बरु गाउँपालिकाको केन्द्र आसपास अस्थाई चौकि स्थापना गरिने छ ।

यता जिल्ला शुरक्षा समितिको बैठकले छितापोखरीमा अस्थाई प्रहरी चौकि राख्न गृह मन्त्रालयलाई माग गरेको प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले जानकारी दिए । उनले भने, त्यस क्षेत्रका जनताको माग अनुसार शुरक्षा समितिको बैठक बसी अस्थाई चौकी राख्न माग गरिएको निर्णय हिजोनै गृह मन्त्रालय पठाईएको छ ।

असोज ७ गते बसेको मन्त्रिपरिषदको बैठकले छितापोखरीमा रहेको प्रहरी चौकी गाउँपालिका नजिक सार्ने निर्णय गरे सगै स्थानीयहरु आर्कोसीत भएका थिए । यथावत स्थानमा प्रहरी चौकि राखिनु पर्छ भन्दै नेकपा सचिव रामप्रसाद दंगाल, कार्यालय सदस्य दिपक पाण्डे (आकाश) समाजबादी पार्टी नेपालका अध्यक्ष टंक थापा, नेता केशव कार्की लगाएका नेताहरुले पटक पटक जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञपान पत्र बुझाएर ध्यानाकर्षण समेत गराएका थिए ।

तपाईको प्रतिक्रिया