अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता सुरु

Halesi Khabar
0 Shares

खोटाङ, माघ ६, खोटाङमा अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा सोमबारदेखि अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता सुरु भएको हो ।

विभिन्न पालिकामा रहेका खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खेलमैदानमा आयोजित प्रतियोगीता प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका हुन् । आगामी माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ गाउँपालिकाका ८ टिमको सहभागीता रहेको छ । समय अभावका कारण सोमबार कुनै पनि खेल हुन नसकेको आयोजक समितिका बिरेन्द्र मगरले बताए ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले १ लाख ११ हजार ११ रुपैयाँ, दोश्रो हुने टिमले ७७ हजार ७७७, तेश्रो हुने टिमले ५५ हजार ५५५ रुपैयाँ र शान्त्वना स्थान प्राप्त गर्ने टिमले ३३ हजार ३३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ । भलिबलको व्यवसायीक विकासमा टेवा पु¥याउनका लागि अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता आयोजना गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया