खोटेहाङवाट दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु

Halesi Khabar
0 Shares

खोटाङ – खोटाङमा बीहिबारवाट दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु गरिएको छ । ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियानमा पहिलो चरणमा जिल्लाको खोटेहाङ गाउँपालिबाट खोप दिन सुरु गरिएको हो । ,

खोटाङका १० स्थानीय तहमध्ये पहिलो चरणमा तीन स्थानीय तहका ९ महिनादेखि ५ वर्षभन्दा कम उम्मेरका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिंग्देलले बताउनु भयो ।  खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको काखमा राखिएकी ४ वर्षीया सविना श्रेष्ठलाई हेल्थ नर्स अधिकृत उर्मिला राईले खोप लगाएर अभियानको उद्घाटन गरेकी थिइन्।

पहिलो चरणमा जिल्लाको खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका करिब पाँच हजार बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिइने कार्यालय प्रमुख सिग्देलले बताए । ती स्थानीय तहमा फागुन ९ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । बाँकी स्थानीय तहमा आगामी फागुन १५ देखि २३ गतेसम्म खोप अभियान सञ्चालन हुने उनले बताए ।

खोप अभियानलाई सफल बनाउनका लागि हरेक स्थानीय तहले खोप समन्वय समिति, सरोकारवाला लगायतसँग अन्तरक्रिया तथा छलफल गरेर पूर्वतयारी गरिसकेकोे बताइएको छ । खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । पहिलो र दोश्रो चरण गरेर यहाँका १८ हजार पाँच सय २२ जना बालबालिकालाई खोप दिइने हेल्थ नर्स अधिकृत उर्मिला राईले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया