काठमाडौं, सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा खोटाङका महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले गरेको तीन जना नाम मध्ये पहिलो स्थानमा रहेका अधिकारीलाई गर्भनरमा नियुक्त गरेको छ । समितिले उहाँसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो ।
लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहनु भएका अधिकारी राष्ट्र बैंकमा २६ वर्ष बिताउनु भएको छ । ५ वर्ष डेपुटी गभर्नर र कार्यकारी निर्देशकसम्म २१ वर्षसम्म राष्ट्र बैंकमा उहाँले काम गर्नुभएको छ ।
५ वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङमा जन्मेका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गर्नुभएको छ । सन् १९९४ मा राष्ट्र बैंकका उपनिर्देशक रहनु भएका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ ।