काठमाडौँ । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैसाको आदानप्रदान र भुक्तानीको अग्रणीले अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह शुरु गरेको छ । कोभिड—१९ सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउन र प्रतिबन्धपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नागरिकको रकम घरमै पु¥याउने भएको हो ।
एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकलाई आफ्नो घरबाट बाहिर ननिस्की आफन्तले पठाएको रकम प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उपलब्ध हुने जनाइएको छ ।
“हामी र हाम्रा एजेन्टहरुले पैसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौँ । एक उद्देश्यद्वारा सञ्चालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायलाई पनि नविनतम तरिकाले सेवागर्नु हो ।” वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भन्नुभयो ।
फराहले थप्नुभयो, “ग्राहकहरुको घर घरमा पैसा डेलिभर गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पु¥याउँछ र बैंक खाता नभएकाहरुसहित ठूलो संख्यामाग्राहकहरुकालागिवित्तिय सेवा प्रदान गर्दछ ।”
“हामी जिम्मेवार पूर्वक हाम्रो ग्राहकहरुका सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध रहेको अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले बताउनुभयो । “यो अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् । हामी हाम्रो सञ्चालनलाई अनुकूल गर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइरहेका छौँ”, उहाँले भन्नुभयो ।
विश्वभर लागू भएको यो कठिन समयमा ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा आफूहरु खुशी रहेको हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले बताउनुभयो । “हाम्रो नयाँ घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरुसहित व्यापक ग्राहकहरुका लागि वित्तीय सेवा प्रदान गर्दछ”, उहाँले भन्नुभयो ।
ग्राहक मार्ग दर्शन
एकपटक प्रेषकद्वारा पैसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् । यसका लागि कल सेन्टरको नम्बरहरु निम्न रहेका छन् ।
अन्नपूर्ण ट्राभल एण्ड टुर्स ः ०१४२२३५३० तथा हुलास रेमिटान्स ः ९८५१०१९९७३ सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ । उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइने जनाइएको छ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्ने छन् ।