खोटाङ, १२ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पोखरी स्कूल नजिकै भएको आगलागी नियन्त्रणमा लिइएको छ । पुरानो बैङ्क चोक नजिकै पर्ने पोखरी टोलका सिद्धिबहादुर सैँजूको घरमा शुक्रबार लागेको लागो नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले तत्कालै नियन्त्रणमा लिएको हो ।
घरमा जडान गरिएको विद्युत सर्ट भएर लागेको आगोले सैँजूको करीब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्त प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो । ढुङ्गा÷माटोले बनेको सैँजूको तीन तले घरमा लागेको आगोले सिरान तालमा मात्र क्षति गरेको प्रहरीले जनाएको छ ।
पुरोनो संरचनाका घरहरु रहेको उक्त स्थानमा लागेको आगो तत्कालै नियन्त्रणमा लिन नसकिएको भएमा ठूलो क्षति हुने सम्भावना थियो । दुई वर्षअघि दिक्तेलकै रत्नपार्कमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।