काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको अप्ठ्यारो घडीमा सबै जना ट्रेड युनियनझै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ट्रेड युनियनले आपसी एकता र भ¥याङको खुट्किलो बनाउन सिकाएकाले त्यसैलाई अनुशरण गर्दै अघि बढ्नुपर्ने बतानुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सम्बोधनमा भन्नुभयो, “नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ । अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक सम्वाद गर्ने, अनि विविधता बीच एकता कायम गरी अघि बढ्ने ।”
ट्रेड युनियनले धेरै कुरा सिकाएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा भन्नुभयो, “आपसी एकता र युनियन बनाउने भनेको र्भयाङको खुट्किलो थपेजस्तै हो । तल्लो खुट्किलो बलियो भएमात्रै माथि पुगिन्छ । त्यसैले तल हेरौं, माथि मात्रै होइन ।”
प्रधानमन्त्री ओलीले ट्रेड युनियनले भनेजस्तै आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र हेर्न नहुने बताउनुभयो । “आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियनजस्तै । हामीले आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै ।” प्रधानमन्त्रीले सम्बोधनका क्रममा भन्नुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले कमजोरी भए अराजक नभइ सच्याउनुपर्ने बताउनुभयो । “कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन । अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । आफैंलाई घात गर्ने होइन । इमान्दार बन्नुपर्छ, युनियनले भनेजस्तै ।” प्रधानमन्त्रीले भन्नुभयो ।