लकडाउन मोडालिटी ः कृषि र मालसामान ढुवानीमा लकडाउन हटाउने, सावधानीसाथ उद्योग सञ्चालन, यातायातको बन्देज कायमै राख्न सुझाव

Halesi Khabar
0 Shares

काठमाडौँ । सरकारले वैशाख २५ पछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री(वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ । त्यस्तै उद्योगरकलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणमा पनि सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने गरी खाका तयार पारिएको छ ।

प्रस्तावित खाकाअनुसार सीमा क्षेत्रलाई रेड जोनका रुपमा राखेर आवागमन पूर्ण रुपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारी सरकारको छ । सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्री कार्यालयमा बसेको थियो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयलका अधिकारीले शर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउदै लैजानु पर्ने सुझाव दिएको सहभागी एक अधिकारीले बताएका छन् ।

यातायातका साधन अहिले जुन अवस्थामा छन्, त्यसलाई नै निरन्तरता दिने तर ग्रिनजोनमा रहेका जिल्लामा कृषि, पशु तथा त्यससँग सम्बन्धित कारोबार सावधानी अपनाएर खुकुलो बनाउने, मालसामानको ढुवानीलाई सरल बनाउने, अन्य उत्पादनमूलक उद्योगरकलकारखाना सावधानी अपनाएर सञ्चालन गर्ने गरी लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने विषयमा छलफल भएको । यद्यपि निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, भिडभाड हुने बजार, सिनेमा हललगायत भने बन्द नै रहने छन् ।

होटलररेस्टुरेन्ट आन्तरिक रुपमा सञ्चालन गरेर तयारी खाद्यवस्तु अर्डर गरेर लैजाने गरी खुलाउन सरकार लचिलो बनेको छ । यद्यपि ग्राहकलाई होटेलररेस्टुरेन्टमा राखेर भने सञ्चालन गर्न नपाइने प्रस्ताव तयार पारिएको छ ।

मंगलबार बस्ने समिति बैठकले यी प्रस्तावसहितको लकडाउन मोडालिटी लागू गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ । समितिको सिफारिस कार्यान्वयन भए वैशाख २६ देखि लकडाउन खुकुलो हुनेछ ।

चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प अवस्थामा छ । सरकारले विकल्प नदिई लकडाउन बढाउँदै लगेको भन्दै आलोचना पनि हुन थालेको छ ।

तपाईको प्रतिक्रिया