खोटाङ, २४ वैशाख । खोटाङमा दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षण शुरु गरिएको छ । पहिलो चरणमा विभिन्न देशबाट चैत यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिएकामा बुधबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति वा सङ्क्रमितको सम्पर्कमा रहेर आएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट शुरु गरिएको हो ।
प्रदेश सरकारबाट ३६० थान परिक्षण किट आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । वडा कार्यालय जालपाको क्वारेन्टाइनमा राखिएका सबै २३ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्टको रिपोर्ट ‘नेगेटिभ’ आएको जनाइएको छ ।
अन्य स्थानीय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका स्थानीयको क्रमशः ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने जिल्ला अस्पतालले जनाएको छ । जिल्लाका दश स्थानीय तहमध्ये दिप्रुङ, साकेला र रावाबेँसी गाउँपालिकामा जिल्ला अस्पतालबाटै स्वास्थ्यकर्मी पठाएर ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने छन् भने अन्य स्थानीय तहमा ल्यावमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले किट पठाएर तिनै स्वास्थ्यकर्मीमार्फत ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको जनाइएको छ ।
जिल्लामा पहिलो चरणमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा १४१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । यस्तै, ¥यापिड डाइग्नोस्टिक टेष्टका क्रममा जिल्लाबाट पठाइएका १७ जनाको नमूना (स्वाव)को पिसिआर रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।