कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग हो, फिर्ता लिएरै छोड्छौँ ः प्रधानमन्त्री ओली

Halesi Khabar
0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताउनुभएको छ । उहाँले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको आरोप लगाउनुभयो ।

“भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौँ”, उहाँले भन्नुभयो, “हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।”

कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो । उहाँले मन्त्रिपरिषद्बाट नक्सा जारी गरिएको पनि संसद्लाई जानकारी गराउनुभयो ।

सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको बताउनुभयो । उहाँले देखावटी राष्ट्रवादका लागि नगरिएको विश्वास दिलाउनुभयो । उहाँले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने पनि बताउनुभयो ।

संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने प्रधानमन्त्रीले बताउनुभयो । भारतले नेपाली भूमिमा बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा राख्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया