हलेसीको कोरोना सङ्क्रमित क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किइयो

Halesi Khabar
0 Shares

खोटाङ, ७ जेठ । कोरोना भाइरसबाट सङ्क्रमित युवक भेटिएसँगै खोटाङको हलेसी बजारमा जिवाणुनाशक रसायन छर्किइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमित क्षेत्र हलेसी बजारमा गएराति सोडियम हाईपोक्लोराइड स्प्रे गरिएको हो ।

काठमाडौँबाट वैशाख–१२ गते घर आएका युवकलाई गत सोमबार साँझ कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सोडियम हाईपोक्लोराइडको १० केजी पाउडर ल्याएर प्रतिकेजी १०० लिटर पानी घोलेर बजार क्षेत्रमा स्प्रे गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । ड्रममा घोलिएको सोडियम हाईपोक्लोराइडको घोललाई ट्याक्टरमा हालेर सङ्क्रमित क्षेत्र, बढी चहलपहल हुने क्षेत्र, घना शस्ती भएको क्षेत्रमा छर्किइएको हो ।

हरेक वस्तुको सतहमा रहेका जिवाणु, भाइरस तथा व्याक्टेरिया नाश गर्नका लागि बाईक धुने पम्म प्रयोग गरेर सोडियम हाईपोक्लोराइड स्प्रे गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । सोडियम हाईपोक्लोराइडले मानव स्वास्थ्यमा अशर पु¥याउने भएकाले राति ८ बजेपछि छर्किइएको नगरपालिकाले जनाएको छ ।

बाहिरी वातावरणमा भएका सबै खाले जिवाणु नाश गरेर निर्मलीकरण गर्न डाक्टरसँग परामर्श गरेर सोडियम हाईपोक्लोराइड छर्किेइएको बताइएको छ । सोडियम हाईपोक्लोराइड छर्किनुपूर्व सूचना जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया