काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । उ
उनीहरु तीन देखि ४८ उमेरका छन् । जसमा १८ पुरुष र सात महिला छन् । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमित हुनेमा धनकुटाका पाँच जना (२८, २९, ३५ र ३७ ) र एक जना २४ वर्षीया महिला रहेको बताउनुभएको छ ।
त्यसैगरी बाँकेमा ६ पुरुष (नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा–५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप एक जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी दुई जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।