कोरोना भाइरसको सङ्क्रमणसँग लड्दै रोकिएका विकासे कामलाई पुनः सञ्चालनमा ल्याएका छौँ ः गाउँपालिका प्रमुख राई

Halesi Khabar
0 Shares

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जन्तेढुङ्गा गाउँपालिकाले के गरिरहेको छ ? सरकारले लागू गरेको लकडाउनको असर तथा गाउँपालिकाको भावी रनतीतिका बारेमा गाउँपालिका प्रमुख शंकरबहादुर राईसँग हलेसी खबर डटकमका सम्वाददाता युवराज रोईलाले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

१, विश्वलाई नै आतङ्कित बनाएको कोरोना भाइरससँग कसरी लडिरहन भएको छ ?
हामीले ठूलो नाका जन्तेढुङ्गा गाउँपालिका मुख्य नाका भएकोले हाम्रो नाकामा हेल्प डेक्स दुई ठाउँ उदयपुरको सिमाना दूधकोशीको मैनटार पुल र बराहापोखरीको बङ्शिलाघाटमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएर बाहिरबाट आउने मानिसहरुलाई सिधै गाउँ छिर्न नदिई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सहायताले इलाका प्रहरी कार्यालयमा सम्पर्क गराएर १४ दिन क्वारेन्ट टाइनमा राखेर आरडिटी चेक गरेर घरघरमा छाडेका छौँ ।

२, जिल्लाको बिकट गाउँपालिका उदयपुर र भोजपुर दुई जिल्लासँग सिमाना जोडिएको छ जन्तेढुङ्गका आम नागरिको सुरक्षाका लागि के रणनीति अपनाउनुभएको छ ?

जिल्लाका आम नागरिकको सुरक्षाका लागि हामीले छिमेकी जिल्ला भोजपुरको आमचोक गाउँपालिकासँग जोडिएको यस गाउँपालिकाको वडा नम्बर–४ डम्र्वखुशिवालयस्थित भञ्ज्याङखर्क र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकासँग जोडिएको यस गाउँपालिकाको वडा नम्वर–१ देविस्थानस्थित बङ्शिलाघाटमा सुरक्षाकर्मी र स्वास्थ्यककर्मी सहितको हेल्प डेक्स स्थापना गरेर गाउँपालिकालाई कोरोनामुक्त गाउँपालिका बनाइरहेका छौँ ।

गाउँपालिकाका प्रत्येक वडाका प्रत्येक गाउँपालिकावासीहरुलाई एक–एक डल्ला डिटोल साबुन वितरण गरि खाना खानुअघि, चर्पी गएर आएपछि, केहि काम गरेर आएपछि अनिवार्य रुपमा डिटोल साबुन र पानीले हात धुने रणनिति अबलम्बन गराएका छाँै । पालिकामा दैनिक सशस्त्र प्रहरीहरुको रातमा गस्तीकार्य अघि बढाइरहेका छाँै । गापाका नागरिकको स्वास्थ्यमा ध्यान दिँदै २४ सै घण्टा एम्बुसेन्स सेवा, स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ । पाउँपालिकामा अन्तर जिल्लाबाट प्रवेश गर्ने गाउँपालिका वासीहरुका लागि २० वेडको क्वारेन्टाइनको व्यवस्था मिलाएका छौँ ।

३, गरीब र बिपन्न जनतालाई कसरी राहत वितरण गरिराख्नुभएको छ ?
हामीले गाउँपालिकाका गरीब तथा बिपन्नका लागि प्रदेश सरकारले पठाएको कार्यविधिलाई अबल्मबन गर्दै गाउँपालिकाका प्रत्येक वडा अध्यक्षहरुलाई जसअनुसार बिपन्न, गरीब र अति गरीबहरुको छनोट गर्न लगाएर गाउँपालिकाका ६ वटै वडामा विवादरहित, गुनासोरहित ढङ्गबाट जनसंख्याका आधारमा राहत वितरण गरियो ।

४, लकडाउन भएको करिव दुई महिना बित्यो विकास निर्माणका कामलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

भर्खरै एक नम्बर प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को मिति २०७७ वैशाख १७ को निर्णयअनुसार मुलुक लकडाउनमा गएपश्चात रोकिएका विकास निर्माणसँग सम्वन्धित विभिन्न कामहरुलाई सामाजिक दूरी कायम गर्दै पुनः रोकिएका विकास निर्माणका कामहरु सञ्चालन गर्ने निर्णय भएअनुसार हामीले मुख्य चार वटा महत्वपूर्ण योजनाका कामहरु गाउँपालि प्रशासकिय भवन निर्माण, जन्तेढुङ्गा खानेपानी योजना, सशस्त्र प्रहरी बेशक्याम्प निर्माण, विद्युत विस्तार जस्ता कामहरु तीब्रगतिमा अगाडि बढाइरहेका छाँै । साथमा थप साना विकास निर्माणका योजनाहरुलाई पनि प्राथामिकीकरण गर्दै अगाडि बढाइरहेका छौँ ।

५, अब नयाँ बजेट बनाउने बेला भयो कुन क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट निर्माण गर्दै हुनुहुन्छ ?

हामिले यो पटकको योजना निर्माण गर्दा विश्वलाइ नै आतंकित बनाइरहेको कोरोना भाइस रोकथामलाई मुख्य प्राथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युत विस्तारीकरण, गाउँपालिकालाइ तराईसँग जोड्ने मुख्य सडकको स्तरोन्नतिसँगै विकास निर्माणका गतिविधिलाई विशेष ध्यान दिएर बजेट निर्माण गर्ने योजना बनाएका छौँ ।

६, अन्तमा छुटेका तपाईँको मनमा लागेका गाउँवासीलाई भन्नै पर्ने केही छन् त ?
अन्तमा सर्वप्रथम त विश्वलाइ नै आतंकित बनाइरहेको महामारी कोरोना भाइसबाट गाउँपालिकाले जारी गरेको सूचनालाई अबलम्बन गरेर सुरक्षित रहनुहुन सम्पूर्ण गाउँपालिकावासीहरुलाई हार्दिक अनुरोध गर्दछु । साथै सम्पूर्ण गाउँपालिकावासीको स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, विद्युत, सडक, सूचना तथा सञ्चार जस्ता दैनिक जिवनमा आवश्यक आधारभूत आवश्कता परिपूर्तीका निम्ति म लगायत सम्पूर्ण गाउँपालिकाको टिम सदैव साथमा रहेको कुरा यहाँको यसै सञ्चारमाध्यमबाट जानकारी गराउदै सदैव तपाईँ सम्पूर्ण गाउँपालिकाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुको सहयोगको अपेक्षा गर्दछु ।

अन्तमा विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइसको महामारीबाट देश तथा विदेशमा रहनुभएका क्वारेन्टाइन तथा आइसियुलेशनमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु । धन्यवाद !

तपाईको प्रतिक्रिया