बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो ः प्रधानमन्त्री ओली

Halesi Khabar
0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो दुःख खपेर मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना सङ्क्रमण फैलिएको देखिएको बताउनुभयो । राष्ट्रका नाममा आज (सोमबार) गर्नुभएको सम्बोधनका क्रममा उहाँले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्नुहुँदै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि फेरि आग्रह गर्नुभयो ।

यसका साथै उनले परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएको पनि बताउनुभयो । उहाँले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि उनले आग्रह गर्नुभयो ।

घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । विश्वकै अवस्था हेर्दा कोभिडको महामारी अझै केही समय रहने देखिएको भन्दै यसलाई समुदायमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयले केही नयाँ कदमहरु चाल्ने पनि उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक बाहिर रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले तत्काल विस्तृत योजनासहितको आदेश जारी गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सरकारले समयमा नै उद्दार गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले समस्याको प्राथमिकता र देशभित्रको तयारीको सन्तुलन मिलाएर उद्धार गर्ने काम चाँडै नै गर्नेे बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले धेरै संख्यामा कार्यरत नेपालीहरु रहेका देशका कार्यकारी प्रमुखहरुसँग गम्भीर सम्वाद गरेको र उनीहरुले आफूलाई नेपालीहरुको सुरक्षाको सवालमा आश्वासत पारेको बताएउनुभयो ।

तपाईको प्रतिक्रिया