कोरोना नियन्त्रण तथा रोकथाम गर्न रु छ अर्ब बजेट विनियोजन

Halesi Khabar
0 Shares

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष २०७७र८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गर्नुभएको छ ।

उहाँले यो वर्ष स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिने बताउनुभएको छ । कोरोनाको उपचार गर्ने चिकित्सक तथा प्रयोगशालामा काम गर्नेलाई प्रोत्साहन भत्ता, कोरोनालगायत अरु संक्रामक रोगका लागि काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आगामी वर्ष काठमाडौं उपत्यकामा ३०० बेड छुट्टै सरुवा रोग अस्पताल निर्माणको लागि पनि बजेट छुट्याइएको बताउनुभयो । काठमाडौं उपत्यका र प्रदेश राजधानीमा थप २५० शैयाको आइसियु बेड निर्माणको साथै र सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल सञ्चालन गरिनेछ ।

पोखराको गण्डकी, विराटनगरको कोसी, नेपालगन्जको भेरी, सुर्खेतको सुर्खेत र कैलालीको सेती अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाइने पनि उहाँले बजेट भाषणमा बताउनुभयो ।

तपाईको प्रतिक्रिया