वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पत्रकारसँग अन्तक्रिया

Halesi Khabar
0 Shares

खोटाङ, ८ असार । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन जिल्लाका क्रियाशिल पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोभिड १९ ले निम्त्याएको समस्या र वैदेशिक यात्राको सुरक्षालाई सम्बोधन गर्न बालसेवा समाज नेपाल नेर्पाद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सोमबार अन्तरक्रिया गरेको हो ।

सामीले वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमुलक बनाउन सूचना तथा परामर्स दिने, निःशुल्क सीपमुलक तालिम, कानूनी परामर्स सेवा, मानशिक परामर्स र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको सामी परियोजनाका कार्यक्रम संयोजक ओजनबावु आचार्यले बताउनुभयो । संयोजक आचार्यका अनुसार कोरोना भाईरसका कारण हालसम्म विदेशमा १० हजार ९३७ जना नेपाली संक्रमित छन् भने ३९८ जनाको मृत्यु भइसकेको छ ।

विदेशमा मृत्यु भएकाहरुमध्ये ४० जनाको शव नेपाल ल्याइएको छ । संयोजक आचार्यका अनुसार वैदशिक रोजगारीमा गएकाहरुमध्ये ५६ हजार ९३ जना नेपालीले नेपाल फर्कन इच्छा व्यक्त गर्दै दुतावासमा निवेदन पेश गरिसकेका छन् ।

चौबीस हजार १४८ जना नेपालीहरुले अत्यन्तै पीडित भएको भनि निवेदन पेश गरेका छन । सन् २०११ डिसेम्बर ११ देखि सञ्चालनमा आएको सामी परियोजना काठमाडांैँसहित ४० जिल्ला र १५६ स्थानिय तहमा सञ्चालन भइरहेको जनाइएको छ ।

खोटाङमा मात्रै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा यो परियोजना सञ्चालन भइरहेको छ । सामीलाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया