खोटाङ, १० असार । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार ३०५ बजेटसहितको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको हो ।
आर्थिक विकास अन्तर्गत रु एक करोड ३५ लाख, सामाजिक विकास अन्तर्गत रु दुई करोड २२ लाख ३७ हजार, संस्थागत विकास तथा सुशासन अन्तर्गत रु ३८ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, वन वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत रु १५ लाख, पूर्वाधार विकास अन्तर्गत रु तीन करोड ७७ लाख ३६ हजार ६१० र प्रशासनिक खर्चमा रु चार करोड ६२ लाख ५० हजार विनियोजन गरेको छ ।
वडागत बजेट अन्तर्गत रु एक करोड ७५ लाख विनियोजन गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । गाउँपालिका प्रमुख झङ्कारका अनुसार आर्थिक विकास अन्तर्गत कृषि तथा पशुको लागि रु एक करोड १५ लाख, दलित उद्यमशिलता विकास कार्यक्रमको लागि रु पाँच लाख र पर्यटन प्रवद्र्धनमा रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षालाई रु ९३ लाख, स्वास्थ्यमा रु ६४ लाख, महिला विकासमा रु १८ लाख ३७ हजार, युवा तथा खेलकुद विकास कार्यक्रममा रु १५ लाख, आदिवासी जनजाति भाषा तथा कला सँस्कृति संरक्षणमा रु सात लाख, सूचना, सञ्चार तथा प्रविधिमा रु पाँच लाख, मेलमिलापकर्ता तालिममा रु पाँच लाख, पूर्ण सरसफाई घोषणा अभियानमा रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
संस्थागत विकास तथा सुशासन अन्तर्गत गाउँपालिकाको कार्यालय मर्मत तथा संम्भारमा २० लाख, इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङको प्रतिक्षालय निर्माणका लागि रु पाँच लाख, सेवा र परामर्शमा रु पाँच लाख तथा मर्मत सम्भार कोषमा रु आठ लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिनुभयो ।
वन वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत नर्सरी स्थापना र रिचार्ज पोखरी निर्माणको लागि रु १५ लाख विनियोजन गरिएको छ भने, पूर्वाधार विकास अन्तर्गत डाँडागाउँ–दोबेला सडक निर्माणको लागि रु १३ लाख, कुन्तुङ सडक निर्माणको लागि रु सात लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, कात्तिके सोस्तुङ–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक अन्तर्गत रतन्छा खण्ड स्तरोन्नति योजनाका लागि रु ५० लाख, सम्भुडाँडा–मनकेशर घर हुँदै धन्नेश्वरी गुफा सडक निर्माण योजनामा रु पाँच लाख, माथिल्लो किवा–पत्रङ्गेटार सडक निर्माण योजनाको लागि रु दश लाख र किवा–रुवालुङ–मखमले–सोल्मा वडा कार्यालय हुँदै भाङ्टार जोड्ने सडक स्तरोन्नतिका लागि रु दश लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, नौलाखर्क–हुपापु–आहाले–मानेगाउँ–छाँगेखोला हुँदै धँगेरी धिप्लुङ छाँगा जोड्ने सडक स्तरोन्नती योजना अन्तर्गत रु १५ लाख, नौलाखर्क–पारुङ कात्तिके सडक स्तरोन्नतिका लागि रु पाँच लाख विनियोजन गरिएको छ भने साझेदारी कार्यक्रम अन्तर्गत रु दुई करोड सात लाख ३६ हजार ६१०, बरडाँडा–कुनाई सडक अन्तर्गत ट्रयाक खोल्न रु पाँच लाख, कात्तिके बाहुनडाँडा वडा कार्यालय हुँदै साकेला थान जोड्ने सडक स्तरोन्नतिका लागि रु १५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
वडा नम्बर ३ खिदिमाको खानेपानी मर्मत योजनाका लागि रु दश लाख बजेट विनियोजन गरिएको जनाइएको छ । यता क्रमागत योजना अन्तर्गत कृषि संकलन केन्द्र भवन वडा नं. ५ को लागि रु पाँच लाख, सेखुवा ठूलो कुलो सिंचाई योजनाको लागि रु चार लाख बजेट विनियोजन गरिएको छ ।
उता, वडा नं. १ को स्वास्थ्य चौकी भवन निर्माण क्रमागत अन्तर्गत रु आठ लाख, स्वर्गीय मणिकुमार राई स्मृति पार्क वडा नं. ३ को लागि रु तीन लाख र वडा नं. ४ अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र निर्माणको लागि क्रमागत योजना अन्तर्गत रु पाँच लाख विनियोजन गरिएको छ ।
साकेला गाउँपालिकालाई वित्तीय समानिकरण अनुदान अन्तर्गत रु सात करोड छ लाख, राजश्व बाँडफाँडबाट रु पाँच करोड दुई लाख ६० हजार ६१०, सशर्त अनुदानतर्फ रु १२ करोड ६९ लाख र विशेष अनुदान मार्फत रु ५० लाख प्राप्त भएको छ ।
त्यसैगरी, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान अन्तर्गत रु ६९ लाख ६४ हजार, सवारी कर बाँडफाँडबाट रु ३२ लाख २३ हजार, प्रदेश समपूरक अनुदानतर्फ एक करोड, प्रदेश सशर्त अनुदान तर्फ रु ४१ लाख बजेट प्राप्त भएको छ ।
गाउँपालिकाले रु १४ लाख १५ हजार प्रक्षेपित राजश्व रकम आँकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो । गाउँसभाले आर्थिक ऐन र विनियोजन विधेयकसमेत पारित गरेको अधिकृत मगरले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७६÷०७७ को स्वीकृत कार्यक्रम बजेट अन्तर्गत खर्च नभई संचित कोषमा फिर्ता हुने चालु तथा पुँजिगत रकम रु एक करोड ६१ हजार र साना सिंचाईतर्फ स्वीस विकास नियोग एसडिसीबाट प्राप्त हुने रु एक करोड ९२ लाख २० हजार ६९५ गाउँपालिकाको आम्दानीमा बाँधिएको छ ।