लोकल रक्सीलाई ‘ब्याण्ड होइन ब्राण्ड’ बनाउन प्रदेशसभा सदस्य राईको माग

Halesi Khabar
0 Shares

खोटाङ, १५ असार । प्रदेशसभा सदस्य उषाकला राईले नेपालमा उत्पादन गरिने लोकल रक्सीलाई ब्राण्ड बनाउन सरकारसमक्ष माग गर्नुभएको छ । एक नम्बर प्रदेश सरकारको विनियोजन विधेयकमाथि सोमबार भएको छलफलका क्रममा आफ्नो भनाइ राख्नुहुँदै सदस्य राईले कोदोको लोकल रक्सीलाई ब्याण्ड नभइ ब्राण्ड बनाएर विदेशी आयातित मदिरालाई विस्थापित गर्नुपर्ने बताउनुभएको हो ।

नेपालमा कोदोबाट उत्पादन हुने लोकल रक्सीलाई व्यवसायीकरण र औधोगीकरण गर्न सके सिङ्गो देशको आर्थिक समृद्धिमा टेवा पुग्ने दाबी गर्नुहुँदै उहाँले ‘ब्याण्ड भर्सेज ब्राण्ड’को नीति सरकारले अख्तियार गर्नुपर्ने धारणा राख्नुभयो । “लोकल रक्सीलाई ब्याण्ड गर्ने हो भने, विदेशी रक्सीलाई पनि ब्याण्ड गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले लोकल रक्सीलाई ब्याण्ड ग¥यौँ, रातो चन्दनलाई ब्याण्ड ग¥यौँ, गाँजालाई ब्याण्ड ग¥यौँ, आफ्नो बहुआयोमिक जडीबुटीलाई ब्याण्ड ग¥यौँ अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी रक्सी छ्याप छ्याप्ती बिक्री वितरण गर्ने वातावरण सिर्जना ग¥यौँ । अब विदेशी रक्सीलाई ब्याण्ड गरौँ, नेपाली लोकल रक्सीलाई ब्राण्ड बनाऔँ ।”

केहि समयअघि खोटाङमा लोकल रक्सी जफत गरेर नष्ट गर्दासमेत सदस्य राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर बिरोध जनाउनुभएको थियो । हाल नेपाल आदिवासी जनजाति महिलाले आम्दानीको स्रोतको माध्यम बनाएको लोकल रक्सीलाई वैध उद्योगका रुपमा विकास गर्न सके अन्य जातजातिका समुदायले समेत यसको उद्योग स्थापना गर्ने उहाँले बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश समिति सदस्यसमेत रहनुभएका उहाँले गाँजामाथिको प्रतिबन्ध पनि फुकुवा गरेर आर्थिक क्रान्ति गर्न, वनमा पाइने रातो चन्दनको व्यवसायिक खेती गर्ने वातावरण बनाउन, प्रयोगविहिन डाँडापाखालाई फ्रुट फरेष्टका रुपमा विकास गर्न सरकारको ध्यानाकार्षण गराउनुभयो । सरकारले आफ्नो देशको उत्पादनलाई प्रवद्र्धन गर्न सकेमात्र सच्चा राष्ट्रवाद झल्किने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया