–भीम राई
कुनै समय सस्तो थियो नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरुलाई सत्तो सराप गर्थे । यस्तै नेकपा माओवादी केन्द्रका नेताहरुले समेत नेकपा एमालेलाई उस्तै गाली र सरापहरु गर्थे । त्यो निकै लामो समय चलेको अभ्यास थियो ।
तर, पछिल्लो समयमा आएर सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँ नभएमा नेपालको संविधानको प्रस्तावनामा उल्लेख गरिएको समाजवाद उन्मुख मुलुक बन्न नसक्ने निष्कर्श सहित नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकताको विकल्प नरहेको महशुस शिर्ष नेताहरुले गरे । जसको परिणाम २०७४ सालमा भएको स्थानीय निर्वाचनपछि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा दुई ठूला पार्टीबीच चुनावी तालमेलको सहमति गर्दै निकट भविष्यमा पार्टी एकीकरणको ढोका खोलिएको थियो ।
दुवै पार्टीका शिर्ष नेताहरुको ऐतिहासिक निर्णयका कारण चुनावी तालमेल भई दुवै तहको एकसाथ भएको निर्वाचनमा कम्युनिष्ट पार्टीको नाममा झण्डै दुईतिहाई बहुमतको नजिकमा विजयी प्राप्त भयो । यो कुनै अप्रत्यासित मत थिएन । सिङ्गो नेपाली जनताले आशा र भरोसा गरेको कम्युनिष्ट पार्टीको लोकप्रियताको मत रहेको थियो । यसकै आडमा रहेर दुईवटै अलग पार्टीबीच शक्ति बाँडफाँडका आधारमा सरकार गठन र राज्यका अन्य सबै निकायहरुमा सहमतीका साथ कामहरु अगाडि बढेका हुन् ।
शक्ति सन्तुलनलाई कायम राख्दै तत्कालीन समयमा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री, २०७२ सालमा नै एमालेको तर्फबाट राष्ट्रपति भईसकेकी विद्यादेवी भण्डारीलाई फेरि २०७४ साल फागुन ३० गते दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गरियो । सभामुखमा तत्कालीन माओवादी केन्द्रका कृष्णबहादुर महरा, उपसभामुख एमालेकी शिवमाया तुम्बाहाम्फे लगायतका विभिन्न पदहरु सहमतिका आधारमा टुङ्ग्याइयो ।
२०७४ सालको फागुन ७ गते राती तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणको सहमति दुई दलका शिर्ष नेताहरुले गरे । उनीहरुले पार्टी एकीकरणका सात बुँधे सहमति गर्दै पार्टी एक भएको घोषण गरे । त्यस ताका ७ वटा बुँदामा लिखित सहमति र (पछि खुलेको) केहि भद्रसहमतिसमेत गरेर पार्टी एकता भएको थियो ।
पार्टी एकिकरणको घोषणा गर्द पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ हुने, ‘एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तरगत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको स्पष्ट पारेको छ ।
सहमतिपत्रको आधारमा एमालेको जबज र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दिको जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गररे आवश्यक परिमार्जन र विकास गर्न सकिने पनि सम्झौतमा उल्लेख छ । यस्तै प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने स्पष्ट उल्लेख छ ।
यस्तै यस्तै सम्झौताहरु गरेर ऐतिहासिक रुपमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले केही आशंका नेपाली राजनीतिको आकाशमा देखिन थालेको छ । अहिले नेकपामा सतहमा आएको विवादहरुले माथिको इतिहाँसको पटाक्षेप गर्न नेताहरु नै लालयित छन् त ?
कि कार्यकर्ताहरुलाई रोइलो मच्चाउने अवसरमात्र दिएका हुन् ? यो अहिले आफूलाई कम्युनिष्ट कार्यकर्ता भन्नेहरुले बुझ्न जरुरी छ । छोटोमा हेर्दा घटनाको विकासक्रमलाई पछ्याउन आवश्यक छ ।
२०४६ सालको एतिहासिक जनआन्दोलनको जगबाट उठेको तत्कालिन नेकपा एमालेको पृष्ठभुमि त्यतिकै निर्माण भएको छैन । विभिन्न कम्युनिष्ट पार्टीहरुको एकीकरण हुँदै बनेको एमालेमा तत्कालीन नेकपा (माले), नेकपा माक्र्सवादी र र नेकपा (अमात्य) समूह मिलेका छन् । पछिल्लो समयमा विभिन्न विचार धाराका कम्युनिष्ट कार्यकर्ताहरुको सहभागिता र सबैखाले नेपाली नागरिकहरुको सहभागिता यसपार्टीमा भएको देखिन्छ ।
यता २०४९ सालमा वर्ग सङ्घर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरुसँग व्यापक बहस गर्दै जनयुद्धको तयारी गर्दै अगाडि बढेको प्रचण्ड नेतृत्वको नेकपा एकताकेन्द्रको तेश्रो बिस्तारित बैठकले नयाँ जनवादी क्रान्तिको राजनितीक तथा फौजी कार्यदिशा निर्माण गर्दै जनयुद्धको बाटो समात्यो ।
जनयुद्धको बाटो तय गरेपछि तत्कालीन नेकपा एकता केन्द्रको नाम निर्मल लामा र प्रकाशहरुलाई छाडेर एकता केन्द्र नाम परिवर्तन गरी ने.क.पा. (माओवादी) राख्यो । २०५२ साल आषाढमा गोरखामा केन्द्रीय समितिको बैठक बसी सैद्धान्तिक प्रतिबद्धता र चार तयारी एवं उपचरणको निर्णय गरे लगतै २०५२ फागुन १ जनयुद्धको घोषणा गरेर देशमा नया शिराबाट आन्दोलनको नेतृत्व लियो ।
‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नाराको साथमा अगाडि बढेको माओवादी आन्दोलनले मूलुकको राजनीतिमा कायापलट गराउने उत्कट चाहानाका साथ अगाडि बढेको आन्दोलनको समयमा मुलुकमा निकै राजनीतिक उतारचढावहरु आए । समाजमा देखिएको विकृति तथा विसङ्गतीका विरुद्धमा जनयुद्धको जग बस्यो ।
सरकारबाट प्रतिबन्दित भएर राजनीतिक आन्दोलन अगाडि बढिरहेको बेला तत्कालिन राज्यसत्तासँगको प्रत्यक्ष लडाई चलिरहेको बेला राजा विरेन्द्रको वंशनास हुने गरि दरवार हत्याकाण्ड भयो । यो ऐतिहासिक घटनाले मुलुकको राजनीतिको मोड बदलियो ।
विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले यहि अस्थिर राजनीतिक परिवेशभित्रबाट आफूलाई आफ्ना पिता महेन्द्रको बाटो पक्रन खोजे । राजा ज्ञानेन्द्रको यो निर्णयले अन्तत् राजनीतिक दलहरुमा टाढिएको दूरीलाई छोट्याइ दियो । जसले तत्कालीन समयका ठूला राजनीतिक दलहरु काँग्रेस, एमालेलाई केही पछाडी फर्केर आफुलाई समिक्षा गर्दै अगाडि बढ्ने अवसर दिलायो भने युद्धरत नेकपा माओवादलिाई समेत एककदम पछि हटेर अगाडि बढ्ने अवस्थामा पु¥यायो ।
विश्व कम्युनिष्ट आन्दोलनका अगुवा भ्ला.लेनिनले भने जस्तै मूलुकको राजनीतिक यात्रामा ‘एक कदमपछि दुई कदम अघि’को सिद्धान्त राजनीतिक दलहरुले लिए । यसैका आधारमा २०६२÷०६३ मा दोस्रो जनआन्दोलन चल्यो । यहि आन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना ग¥यो यो ऐतिहासिक कार्य अरु कसैले गरेकाले नभई नेपाली माटोमा राजनीति गर्दै आएका राजनेताहरुले नै हो ।
यी सन्दर्भ किन राखियो भने अहिले पनि यीनै राजनैतिक शक्तिहरुले राज्य संचालन गरिरहेका छन् । राजनीतिक हिसाबले आ–आफ्नो बैचारिक तथा सैद्धान्तिक अडानहरु भएपनि सिङ्गो राजतन्त्र ढाल्न नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएका थिए । अहिलेपनि केहि आन्तरिक तथा बाह्य परिस्थितिमा फरक विचार र फरक दृष्टिकोणहरु सतहमा आएका छन् ।
वैचारिक हिसाबले आफूलाई को भन्दा को कम देखिने राजनीतिक सिद्धान्त र यसलाई बोकेर हिँड्ने प्राणीहरुलाई लाग्नु स्वभाविक हुन्छ । तर, यर्थातमा संघीय गणतन्त्र नेपालको स्थापना गरेर मूलुकलाई यो अवस्थासम्म ल्याउने जिम्मेवार दल तथा नेताहरुको जिम्मेवारी अहिले सकि गएको अवस्था छैन । यो बेला नेकपा भित्र देखिएको यो एउटा ‘प्रोक्सी वार’ आपसमा जुँगाको लडाई जस्तो मात्र हो । यस्तो खालको बहस र छलफलले मूलुकलाई न वार ल्याउँछ न पार नै पु¥याउँ छ ।
पार्टीभित्र गर्नुपर्ने बहस तथा मतभेदहरुलाई व्यवस्थित गर्न नसक्नु नेतृत्वको कमजोरी हो । प्राप्त उपलब्धीहरुको रक्षा गर्नकालागि एक्लैले सम्भावना छैन । अहिले एकले अर्कोलाई खुईल्याएर साँढे दुई वर्ष अगाडिमात्र बनाएको रोडम्याप मेट्न मिल्छ र ? संघीय गणतन्त्र नेपालको स्थापना गर्ने र नेपालको संविधानको प्रस्तावना अनुसार समाजवाद उन्मुख मुलुक बनाउने भनिएको सपनालाई अहिले पार्टी भित्र देखाईएको नाङ्गो नाचले विपनामा उतार्छ र ?
यसकालागि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा गरेको नेता खुइल्याउने र देवत्वकरण गर्ने प्रवृत्तिले भोलि फेरि काम गर्ने जाँगर दिन सक्छ की सक्दैन । सबैले संवेदनशील बन्नु पर्दैन र ? गल्लिमा बसेर गरिएको सस्तो टिप्पणीले हाम्रो समाजको यात्रालाई कति समुन्त बनाउँला ? उत्तरको खोजि गरौँ …।
लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।