कोरोना नियन्त्रण गर्न तपाईको मास्क खै अभियान

Halesi Khabar
0 Shares

खोटाङ, २१ साउन । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको मास्क खै अभियान शुरु गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतना मूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दितmेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुतm आयोजनामा अभियान शुरु गरिएको हो ।

सरकारले लागू गरेको बन्दाबन्दी हटेपनि कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेकाले नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै तपाईको मास्क खै अभियान शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “खोटाङमा कोरोना सङ्क्रमण मुतm भएसँगै सर्वसाधारण मास्क नलगाइ हिड्न थालेका छन्”, उहाँले भन्नुभयो, “बन्दाबन्दी हटेसँगै कोरोना भाइरसको सङ्क्रमण बढ्ने सम्भावना रहेकाले सर्वसाधरणलाई अनिवार्य मास्क लगाउनु पर्छ भन्ने उद्देश्यका साथ संयुक्त अभियान थालेका हौँ ।”

अभियानको पहिलो दिन आज (बुधबार) जिल्लाको प्रमुख व्यापारिक केन्द्र दितmेल बजारमा मास्क नलगाइ हिँडेका सर्वसाधरणलाई निःशुल्क मास्कसमेत वितरण गरिएको थियो । जिल्लाका हरेक स्थानीय तहमा सञ्चालन गरिने अभियान सफल पार्न जनपथ र सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।

अहिले खोटाङ कोरोना सङ्क्रमण मुतm भएपनि पुनः देखिन सक्ने भएकाले घरबाहिर हिड्डुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, मास्क नलगाइ हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रमक रोग ऐन २०२० अन्तरगत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले बताउनुभयो । “सरकारले लागू गरेको नियम उलङ्घन गरेको पाइएमा एक महिनासम्म कैद वा रु १०० जरिवाना वा दुबै सजाय गरिनेछ”, उहाँले भन्नुभयो, “सङ्क्रमक रोग ऐन २०२० अन्तरगत काममा खटिएका आधिकारिक व्यक्ति तथा सुरक्षाकर्मीलाई काममा बाधा पु¥याउने व्यक्तिलाई छ महिनासम्म कैंद तथा जरिवाना वा दुबै सजाय गरिनेछ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बुधबारदेखि शुरु गरिएको अभियानलाई आगामी दिनमा पनि सञ्चालन गरिने बताइएको छ । अभियानलाई गाउँगाउँसम्म पु¥याउन मातहतका प्रहरी चौकीलाई निर्देशनसमेत दिइएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

सङ्क्रमणमुक्त भएसँगै जिल्लामा सञ्चालित होटल, पसल तथा बजार पूर्णरुपमा खुला भएको छ । कोरोना भाइरसको सङ्क्रण रोक्न सरकारले लागू गरेको बन्दाबन्दी हटेपछि यातायातका साधनसमेत पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ ।

जिल्लामा भेटिएका १२ जना सङ्क्रमितहरु उपचारपछि सबैजना घर फर्किएका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एकजना बाहेक सबैजना वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया