प्रधानमन्त्री केपी शर्मा ओलीले समाजसेवामा लाग्ने मानिसले आतिनुनपर्ने बताउनुभएको छ । समाजमा राम्रो काम गर्न खोज्दा दुख दिने, काम गर्न समस्या खडागर्नेहरु प्रसस्तै भेटिने बताउनुहुदै उहाँले हत्तोत्साहीत भएर भाग्न नहुने बताउनुभयोे । अभिभावक विहिन ३ बालिकालाई अभिभावकत्व ग्रहण गर्नुहुँदैै आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले इमानको कामबाट सन्तुष्टि र खुसी मिल्ने बताउनुभएको हो ।
आफुलाई संकेत गदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘म मरिमेटेर विकास, समृद्धि र देश बदल्ने अभिभारा बोकेर हिडेको छु तर मैलाई दुख दिन्छन् । कोही आफुले गर्न नसकेको काम अर्काले गर्न लाग्यो भनेर आत्तिन्छन्, कोही राम्रो गर्न लाग्यो भनेर दुख दिन्छन्, तपाईले जे गरेपनि विरोध गर्छन्’ यस्तो समुहको पछिलाग्न छोड्नुस आफुले राम्रो काम गर्नेतर्फ सोच्नुस ।
आफनो सरकार बनेदेखि सडकमा कोही बालबालिका अलपत्र नपरुन, अभिभावक विहिन नहुन भनेरलागि परेपनि अझै सडक अनाथ बालबालिकारहित बनाउन नसकेकोमा उहाँको चिन्ता थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘मानिसहरु कुकुरसँग मुख टाँसेर माया गरेर बसेको देखेको छु, जनावरलाई माया गर्नुपर्छ तर त्यो भन्दा बढि मानिसका छोराछोरीलाई माया अभिभावकत्वको आवश्यकता छ ।’
बालबालिका नै भविष्यका कर्णधार भएकाले सवैले मौका पाउनुपर्ने उहाँको तर्क थियो । मानिसले मौका पायो भने देशमात्रै होइन दुनियाँलाई बाटो देखाउँछ तर मौका पाएन भने हिरापनि माटोमुनि पुरिन सक्छ प्रधानमन्त्रीले भन्नुभयो ।
आफनो जीवनको उत्तरार्धमा समाजसेवामा नै बिताउने इच्छा व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाललाई मानवता र हदय भएका मानिस बस्ने देश बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावकविहीन खोटाङ स्थाई घर भएका तीनजना छोरीहरु अनिषा राई, अनुष्का राई, आयुस्का राईलाई एसओएस बालग्रामका सञ्चालकलाई हस्तान्तरण गर्नुहुँदै उनीहरुको शिक्षा, स्वास्थ्य, हेरचाह र अभिभावकत्व ग्रहणगर्ने बताउनुभएको छ ।
घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गर्नुभएको थियो । बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षणमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाइएको छ ।
दक्षिणकालीका तीन बालिकाको उद्धारमा संलग्न बाग्मती प्रदेश सभा सदस्य दीपक निरौलाले एसओएस बालग्रामको निरीक्षणपछि अभिभावकविहीन ती बालिकालाई सोही ठाउँमा पठाउने पहल थालिएको जानकारी दिनुभयो । कार्यक्रममा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेललगायतको उपस्थिति थियो । चक्रपथबाट साभार