खोटाङ, १६ भदौ । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारमा मङ्गलबार ‘तपाईको मास्क खोई ?’ कार्यक्रम सञ्चालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जनप्रतिनिधि, राजनीतिकर्मी, शिक्षक, बुद्धिजिवी, व्यापारी, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीयबासीको सहभागितामा प्लेकार्डसहित सो कार्यक्रम सञ्चालन गरिएको हो ।
कोभिड–१९ महामारीले मानवजातिमाथि नैै धावा बोलिरहेको र यसको रोकथाम एवम् नियन्त्रणका लागि सचेतना ¥यालीमा मास्क लगाएका बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता थियो । सामाजिक दूरी पालना गर्न, मास्क लगाएर मात्रै घरबाहिर निस्किन तथा साबुनपानीले राम्ररी हात धोएर मात्र शरीर तथा अन्य वस्तुहरु छुन आव्हान गर्दै ¥यालीले बजार परिक्रमा गरेको थियो ।
लकडाउन शुरु भएयता जिल्लामा सञ्चालित विकास आयोजनाका अनुगमन र जिल्लामा सचेतना कार्यक्रम आयोजनागरि जनताको दुःख–सुखमा उपस्थिती जनाएर आत्मबल बलियो बनाउनु नै हाम्रो धर्म भएको सांसद भट्टराईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहमा अहिले ‘तपाईको मास्क खोई ?’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन भइरहेको छ ।