टेम्के भ्यु टावर कि ? शेरधन टावर !

Halesi Khabar
0 Shares

Bhim

भिम राई

खोटाङ र भोजपूर जिल्लाको सिमानामा पर्ने एतिहासिक पर्यटकीय स्थल टेम्केडाडाँ पर्यटकीय हिसाबले एक सुन्दर र रमणीय ठाउँ हो । भुगोलको हिसाबमा समुन्द्र सतहबाट तीनहजार एकसय पैँसठ्ठी मिटरको उचाईमा रहेको यो रमणीय स्थलले खोटाङ र भोजपुरको इतिहाँस बोकेको छ । पुर्खाहरुको भनाईमा खोटाङ र भोजपुरबिच पानी ढोलोको सिमाना रहेको छ । आज सम्म पनि सो सिमाना कायमै छ । टेम्के डाडाँबाट पूर्वि नेपालको आधा हिस्सा अवलोकन गर्न सकिन्छ । उत्तरतिरका हिमश्रृंखला देखि दक्षिण तिरका तराईका फराकीला फाँटहरु देखिने रमणीय पर्यटकीय स्थल माझकिराँतको एक एतिहासिक स्थल हो । यहि टेम्के डाडाँको सेरोफेरो पूर्वका किरात राईहरुको घनावस्ती रहेकाले यो माझकिरातको श्रीपेज जस्तै बनेको छ । पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै आएको टेम्के र आसपासका क्षेत्रहरुको विकासका अनेक संभावनाहरु खोज्ने काम भईरहेका छन् ।
खोटाङको साकेला गाउँपालिका र भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकाको विचमा अवस्थित टेम्केको डाडाँको विकास र समृद्धीमा सबैको ध्यान खिचिएको छ । भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचत भएर हाल मुख्यमन्त्रि रहेका शेरधन राईले भर्खरैमात्र टेम्केमा भ्य् टावरको शिलन्यास गरे । मुलकमा द्धन्द्ध व्यवस्थापन पछि २०६४÷०६५ सालबाट नै टेम्केका गणतान्त्रिक भ्यु टावर निर्माण गर्नेबारे व्यापक बहस शुरुवात भएको थियो । तत्कालिन माओवादी नेता गोपाल किरातीको परिकल्पना र अगुवाईमा टेम्के डाडाँमा तीनसय पैसठ्ठी फिट अग्लो ३३ तले किरात गणतान्त्रिक भ्यु टावर निर्माण गर्ने योजनाका साथ २०६६ सालबाट काम समेत शुरुवात गरिएको थियो । पछिल्लो समयमा गोपाल किराती राजनीतिक हिसाबले पार्टी काममा लागेपछि यो काम अधुरो जस्तै हुनु पुगेको बेला सबैलाई यसलाई चासोका साथ हेरिएको छ ।
संघीय सरकारको तर्फबाट निर्माण कार्यगर्न पहल लिने व्यक्तिको अभाव तथा संघीय सरकारको बेवास्ताको शिकार बन्न पुगेको टेम्के डाडाँको किरात गणतान्त्रिक भ्यु टावरमा केही भौतिक पूर्वाधारको काम बाहेक अरु अगाडि बढ्न सकेन । मुलुक संघीयतामा गईसकेपछि भएको निर्वाचनले नया पदाधिकारीहरु निर्वाचित गरेपछि पनि यसको समग्र विकासको बारेमा खास चासो भित्र परेनन् । स्वंयम मुख्यमन्त्रि समेत भोजपुरबाटै निर्वाचित भएको भएपनि यसकालागि पर्याप्त चासो नपुग्दा काम अगाडि बढ्न नसकेको यर्थात हो । तर पछिल्लो समयमा आएर भने प्रदेश सरकारले यसमा चासो त देखायो तर पुरानो परिकल्पनालाई तिलाञ्जली दिएर । त्यसबेला बनाईने भनेको ३३ तले भ्यु टावर खिएर २ तले बन्ने भयो । किरात गणतान्त्रिक भ्यु टावरको नाम टेम्के भ्यु टावर हुनेगरी प्रदेश सरकारले काम अगाडि बढायो । यसका बारेमा खोटाङ्कका प्रदेश सभा सदस्य सांसद रामकुमार राईले प्रदेश सभामा आफ्ना कुरा र माग राखे । ‘प्रदेश सरकारले टावर निर्माण गर्दा किरात गणतान्त्रिक भ्यु टावर नै राखौँ । ३३ तले सकिन्न भने कम्ती ५ देखि ७ तलाको बनाउँ ’ तर यो मुख्यमन्त्री राई लगायत प्रदेश सरकारले पत्याएनन् ।
यतिमात्र होईन पहिलो चोटी भ्यु टावर बन्दै गर्दा यसलाई खोटाङ र भोजपुरको साझा विकासका रुपमा हेरिएको दृष्टीकोण मुख्यमन्त्रिले सर्लक्कै निलिनै दिए । उनले टेम्के भोजपुरको मात्र हो भन्ने आशयका साथ प्रदेश सरकारको तर्फबाट औल्याएको पाईएयो । हुँदा हुँदै मुख्यमन्त्रि ज्यु एक्लै आएर टावरको समेत शिल्यान्स गरेको जानकारी राईकै फेसबुक पेजबाट थाहा भयो । टेम्केमा शिलन्यास गरेर भोजपुरको अन्नपुर्णमा कार्यक्रम गरियो । अर्थात जगत हसाईयो । शुरुवातको ताका खोटाङ र भोजपुरको स्वामित्व झल्कने गरी यसको गुरुयोजना निर्माण गरिएको भएपनि प्रेदेश सरकारले आयोजनाको नामाकरण गर्दा भोजपुरको मात्र ठेगाना उल्लेख गरिनु, माननीय मुख्यमन्त्रि भ्यु टावरको शिल्यान्यास गर्न आउँदा गुपचुप आउनु, भोजपुर र खोटाङ्कका संघीय सांसदहरुलाई जानकारी नहुनु, खोटाङको स्थानीय सरकारलाई कुनै जानकारी नदिईनु, के यी सबै संयोग मात्र हुन् ? कि दालमा कुछ कालो छ ?
यतिबेला मुलुकले सम्बृद्धीको यात्रामा छ । विकास जनताको अनिवार्य आवश्यकता हो । सरकारले विकास निर्माणको बारेमा पहल लिनु निकै राम्रो काम हो । तर यसको उचित संरक्षण र संवद्र्धन गर्न स्थानीय समुदाय र स्थानीय तहको कुनै योगदान रहँदैनन र ? स्थानीय समुदायसँग नजोडिएको विकास कति परसम्म जान सक्छ । नाटक मञ्चन गरेको जस्तो विकासले मुलुक संवृद्ध हुन्छ भन्ने हामीले कसरी पत्याउने होला ।
भ्यु टावरको परिकल्पना गर्दा र परिकल्पना गरेर शुरुवात गरिएको डिपिआर अनुसार काम अगाडि बढाउन के ले बाधा पु¥याउँदै आएको छ । टेम्के आफैमा भ्यु टावर हो । भ्यु टावरमा अर्को भ्यु टावर थप्दा एतिहासिक, साँस्कृतिक हिसाबले महत्व राख्न सक्नेगरी निर्माण गर्नुपर्ने हो । तर पछिल्लो समयमा निर्मामण हुने भनिएको भ्यु टावर दुईतले निर्माण हुने भन्ने सुनेपछि यो के हुँदैछ भन्ने जिज्ञासा आम मानिसमा पलाएको छ । मुख्यमन्त्रि ज्युलाई चाँही जसमात्र चाहिएको हो की ?
किन भने यतिबेला भोजपुरका संघीय सांसद सुदन किराती साल्पा सिलिचो गाउँपालिकाको सुदुर वस्तिमा छन् । उनि स्थानीय जनताको घरदैलोमा भेटघाटमा व्यस्त रहेका उनलाई आफ्नै जिल्लाको यस्तो महत्वपुर्ण कार्यको जानकारी छैन । प्रदेश सभाकै सांसद समेतको उपस्थिती छैन । खोटाङका जनप्रतिनिधीहरुलाई समेत यसको जानकारी नभएपछि एक्लैले जस लिन खोज्नु बाहेक अरुपनि केही जोडिएको त छैन । प्रश्नहरु बग्रेल्ती उठेका छन् ? किरात गणतान्त्रि भ्यु टावर निर्माण गरिने भनिएको ठाउँमा टेम्के भ्यु टावर मात्र भनिनुले के पछि शेरधन टावर बनाउन खोज्या हो त ?

 

तपाईको प्रतिक्रिया