भीम राई
चिनको बुहान राज्यबाट फैलिएको एक भयनाक हैजा (कोभिड–१९) कोरोनासँग विश्वका आम मानिसहरु त्राहिमाम छन् । लगभग वर्षदिन पुग्न लाग्दासमेत यसको सङ्क्रमण फैलने क्रम रोकिएको छैन । नेपालमा पनि यसको सङ्क्रमण निकै फैलदो छ ।
सबैको मनमा भय, डर र त्रास छदैँछ । नेपालमा यो रोग समुदाय चरणमा पुगिसकेको विज्ञहरुले आँकलन गरिरहेका छन् । कोरोना (कोभिड १९)को सङ्क्रमण जो कोहीलाई पनि हुन सक्दछ । यसबाट बच्ने अचुक उपाय भनेको आफू सरक्षित रहनुभन्दा अरु देखिएको छैन । तर यसको सङ्क्रमण भई हालेमा भने उपचारको विधि र प्रकृयाहरु अवलम्बन गर्नुपर्छ नै ।
यसबाट बच्नका लागि जनचेतना जागृत गराउन सबै खाले निकायहरुले व्यापक प्रचार प्रसारगरि नै रहेका छन् । तर, जोखिम भने बढेको बढै छ । रोकथामका लागि अवलम्बन गरिने उपायहरुप्रति मानिसहरुले विस्तारै बेवास्तागर्न थालेका छन् ।
यसले थप समस्या सिर्जना गर्न थालेको अनुमान लगाउन सकिन्छ । यसबाट सुरक्षित हुने भन्दै गर्दा संक्रमित भईसकेका व्यक्तिहरुलाई बेवास्तागर्ने, हेलागर्ने तथा छिछि धुरधुर गर्ने हाम्रो नेपाली समाजको बानीले गर्दा सङ्क्रमितलाई थप अरु बिरामी थपि दिने खत्रा बढेको छ ।
केही समय अगाडि खोटाङ जिल्लाको साकेला गाउँपालिकामा नोकरी गर्दै आएकी एकजना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण नभएको भएता पनि सङ्क्रमित हुन सक्ने भन्दै डेरा नदिएको कुरा समाचारहरुमा आयो । त्यस्तै खोटाङ जिल्लाकै एक कृयाशिल पत्रकारलाई कोरोना सङ्क्रमणको पुष्टि भयो । उनलाई छिमेकमा पसल जानसमेत दिइएन, उनले मोबाइलको रिचार्ज कार्ड लगायतका नियमित प्रयोग गर्ने बस्तुहरुसमेत लिन नपाएको गुनासो फोनबाट सुनाए ।
आफूलाई कोरोनाको कुनै लक्षणपनि नभएको बताउँदै उनले रिर्पोट पोजेटिभ आएकाले होम आईसोलेसनमा बस्दा शारीरिक पीडा भन्दा बढी मानसिक पीडा भोग्नु परेको गुनासो गरे । यी र यस्ता घटनाहरु प्रतिनिधि घटना मात्र हुन् । हामी कोरोना पोजेटिभ भएको हल्ला सुन्छौँ अनि सङ्क्रमित भएका व्यक्ति प्रति नेगेटिभ सोच्न थाल्छौँ ।
त्यसपछि भन्न सङ्क्रमित व्यक्ति वा परिवारसँग भेट्न डराउनु थाल्छौँ । भेटघाट बन्द गर्छौँ । अनि सकेसम्म उनीहरुको कुरा काट्न थाल्छौँ । यो नै हाम्रो अशलियत बानी हो । यी प्रकृयाबाट हाम्रो सोचाईको श्रृङ्खला शुरु हुने भएपनि हाम्रो समाजको बुझाइको गहिराई कति रहेछ भन्ने हामी मापन गर्न सक्छौँ ।
कोरोना पोजेटिभ रिर्पोट आउने बित्तिकै हामी आत्तिने गर्छौँ । कुनै आकाश नै खसेर आफ्नो अगाडि थुप्रिएको आभास हुने गदर्छ । तर, जबसम्म हामी आफूलाई कोरोना लागेको पुष्टि हुँदैन आफूलाई तन्दुरुस्त सोच्दछौँ ।
मानसिक हिसाबले हामीलाई केही भाको छैन । केही होइन भन्ने लाग्दछ । तर, उसो होइन सायद यतिबेला हाम्रो वरीपरि भएका सबै मानिसहरुको स्वाब परिक्षण गर्ने हो भने प्राय प्रत्येक व्यत्तिमा यो भाइरसको सङ्क्रमण पनि हुन सक्दछ ।
मात्र जानकारी नभएको न हो । यस्तो बेला हामीले किन यस्तो घटिया व्यवहार सोच्ने गर्दछौँ ? अहिले सरकारले तोकेको कोरोना प्रोटोकल अनुसार गर्न हाम्रो ग्रामिण समाजमा गारो छ । तर, जोगिन र जोगाउनका लागि सावधानी अपनाउने नै हो । हामीसँग प्रशस्त सावधानी अपनाउने अवसर हुँदा हुँदैपनि हामी त्यसलाई बेवास्ता गर्नाले समस्या थप हुँदै गएका छन् ।
आम सर्वसाधरणले गर्ने काम तथा व्यवहारका कारण यसको सङ्क्रमणको दर ह्वात्त बढेको छ । यस्तै हामीले सङ्क्रमण नियन्त्रणको नाममा गरिरहेको उपायहरु समेत कामयामी देखिएको छैन । खोटाङकै हकमा दिक्तेल बजार शिल गरेर सङ्क्रमण फैलन नदिन राम्रै काम गरेको जस्तो देखिएपनि खास यसले अर्थ राखेको पाइएन ।
होटल, पसल र सरकारी कार्यालयहरु बन्द भनिएको छ । बन्दपनि छन् । तर, निर्वाधरुपमा सवारी साधन दौडिरहेका छन् । मान्छे ओसार भइरहेका छन् । दिक्तेल बजारमा मान्छेको चाप बढेको छ । सामन्य सुरक्षा संवेदनशीलता पाइदैन । माक्स अनिवार्य भनिएको भएपनि चिउँडोमा माक्स लगाउनेको संख्या धेरै छन् ।
सवारी साधनको काउण्टरमा हेर्ने हो भने बग्रेल्ती मानिसहरु दौडिरहेका छन् । यी कामहरुले त कोरोना सङ्क्रमण रोकिएला र ? यसरी सङ्क्रमण रोक्न सकिन्न । उच्च सावधानी अपनाउनुपर्दछ । सङ्क्रमित व्यक्ति भेटिएमा उनलाई सहि सल्लाहा सुझाव सहित राम्रो व्यवहारपनि गर्नुपर्दछ ।
कोरोना प्रोटोकलका अनुसार भनिएका कार्यहरु नियमित गर्न सकेमा आधा सङ्क्रमण रोकिने छ । नत्र होटल पसल, सरकारी कार्यालय बैङ्क तथा बित्तीय संस्था बन्द गरेरमात्र सङ्क्रमण फैलिन्न भन्ने कुनै ग्यारेन्टि रहन्न । हामी सबैले आफ्नो र अर्काको लागि संवेदनशील बन्न सकेमा सुरक्षित हिसाबले बच्न सकिन्छ । यतातिर बेलैमा सोच्ने बाहेक हामीसँग अरु विकल्प छँदै छैन । सबैको ध्यान मोडौँ ।