कोरोनाका कारण विश्व अर्थतन्त्रको सुधारका योजनालाई चुनौती

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, ५ मंसिर । विश्वमा एका एक कोरोना कोरोना संक्रमितको संख्या पुनः तीव्रत्तर बढ्न थालेपछि विश्व अर्थतन्त्रको सुधारका योजनालाई चुनौती बढेको छ । केही समय अगाडि कोरोना भाइरस संक्रमितको संख्या घट्न थालेपछि सुधारको आशा बढेको थियो । चिनको बुहान राज्यबाट फैलिएको महामारीका कारण चालु वर्ष विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न थालेको विज्ञहरुको भनाई रहेको छ ।

यस बर्षको आर्थिक गतिविधि सुरु हुँदै गर्दा शूरु भएको कोरोनाका कारण गिर्न थालेको विश्व अर्थतन्त्र नै धरापमा पर्न लागेको उनीहरुको विश्लेषण छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक देखि आंशिक सुधार देखा परेको अर्थतन्त्रमा नकरात्मक असर बढेको हो । यद्यपी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले कोरोना विरुद्धको खोपको विकास भईरहेकाले निराश भईहाल्ने अवस्था नभएको जनाएको छ ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले विश्वका २० प्रमुख अर्थव्यवस्था भएका मुलुकका नेताहरूसँग यसै साता हुन लागेको भर्चुअल बैठकका लागि आर्थिक सुधारमा गर्नुपर्ने कामका विषयमा बहसका लागि बुँदा तयार पारिएको बताएकी जनाईएको छ । जी – २० बैठकका लागि तयार पारिएको बहस नोटमा कोरोना भाइरसविरुद्ध खोप विकास भइरहेकाले त्यसबाट आशावादी हुनुपर्ने उल्लेख छ । (बिजमाण्डु डटकमबाट)

तपाईको प्रतिक्रिया