एजेन्सी । विज्ञानले नयाँ नयाँ खोजको विकास गरेको छ । कसैको कल्पनामा पनि नभएका कुराहरु विज्ञानले सम्भव तुल्याइदिएको छ । सन्तान जन्माउने विषयमा पनि विज्ञानले यस्तै आश्चर्यजनक कुरा सफल सावित गरेको छ ।
अष्ट्रेलियाका एक पुरुषले तीन तीन पटक सुत्केरी भएर बच्चा जन्माएका छन् । बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन् । विश्वको पहिलो गर्भवती यी पुरुषले तीन बच्चा जन्माइसकेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थोमस बैटीले सन् २००७ मा पहिलो पटक गर्भवती पुरुष बनेका थिए । उनले यो काम गरेर ट्रान्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।
यस लिङ्ग परिवर्तनमा हर्मोन टेस्टोस्टेरोनको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठूलो हुन्छ । यो टेस्टोस्टेरोन हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
बच्चाको जन्म दिने यी व्यक्तिले टेस्टोस्टेरोन हर्मोनको प्रयोग गरेका थिएनन्। जसको कारण उनको प्रजनन् तन्त्रमा परिर्वतन भएन् । उनले वीर्यलाई दान लिएर गर्भधारण गरेका थिए । यसै कारण पुरुष र बच्चा दुवैजना सुरक्षित छन् ।
जस्तै अर्का ट्रान्सजेन्डर एनएचएसले पनि बच्चालाई जन्म दिने तयारी गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । महिलाको रुपमा जन्म भएर यौन अङ्ग परिर्वतन गरेका कारण उनले पनि सजिलै बच्चा जन्माउन सक्ने चिकित्सकहरुको भनाइ छ ।
यौन अङ्ग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु नपर्ने अनुसन्धानबाट पुष्टि भएको छ । लिङ्ग परिवर्तनपछि पनि बच्चाको चाहनाले धेरैले बच्चा जन्माउने लहर नै चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।