वीरताको गाथाले भरिएको गीत ‘एउटा तक्मा’

Halesi Khabar
0 Shares

kankaist

हलेसी खबर
खोटाङ, ११ मंसिर । नेपाली पूर्खाहरुको वीरताको कथा संगालेर बनेको एउटा छुट्टै ऐतिहासिक गीत ‘एउटा तक्मा’ सार्वजनिक भएको छ । खोटाङ जिल्लाबाट १ नम्बर प्रदेश सभा सदस्य तथा गीतकार राजन राईको शब्दमा रहेको ‘एउटा तक्मा’को संगीत डाक्टर किरातले गरेका हुन् ।यूवा गायक तथा संगीतकार कनकाईष्ट राईको स्वरमा रहेको गीतको ऐरेन्ज लाहाङ सुब्बाले गरेका छन् ।

मिन विष्टको मिक्सिङ तथा मास्टरिङमा तयार बनेको गीतलाई कन्काइष्ट राईको अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याईएको हो ।
भर्जिन रेर्कडिङ स्टुडियो नक्सालमा रेर्कड गरिएको गीतमा गीतकार राईले आफ्नो लाहुरे पूर्खाको सम्झनामा हजारौँ अग्रज गोर्खाली सेनाको वीरताको कथामा आधारित भएर रचना गरेका छन् । गीतको प्रारम्भदेखि अन्त्य सम्म ऐतिहासिक कथा समेटिएको गीतमा गोर्खाली सेनाहरुले वीरताका साथ लड्दा लड्दै हात खुट्टा गुमाएको कुरालाई उजागर गरिएको छ । एउटा तक्मा झुण्ड्याएर आएको स्मरण गर्दै हजुर आमाले गरेको बर्णन गीतका हरफहरुमा पाईन्छ ।

गीत सुन्न तल जानुहोस…

https://www.youtube.com/watch?v=KIEToKbc67Y&feature=youtu.be&fbclid=IwAR3OOBDvh1wD0Pjl-zVX8C7sZk110rA5CiBEb72BUlQIrQh_0A_n-ZXvZYM

तपाईको प्रतिक्रिया