निर्माण कम्पनीले बुझायो जन स्वास्थ्यको नयाँ भवन

Halesi Khabar
0 Shares

हलेसी खबर
खोटाङ, १२ मंसिर । जिल्ला जन स्वास्थ्य कार्यालयको नया भवन निर्माण कम्पनीले आज शुक्रबार बुझाएको छ । शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी विकास तथा भवन निर्माण आयोजना अन्र्तगत निर्माण भएको भवन जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छविलाल आचार्यलाई बुझाईएको हो ।

आयोजनाको २ करोड ३६ लाख ६९ हजार ९ सय २२ रुपैयाको लागतमा बनेको तीन तले भवन चार वर्ष लगाएर निर्माण गरिएको थियो । खानी निर्माण सेवाले ठेक्का लिएको भवनमा एटेज वाथरुम सहितको २८ ओटा कोठा रहेका छन् । भवनभित्रै चिसो पानी र तातोपानीको व्यवस्था रहनेगरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधी दिनेश पौडेलले जानकारी दिएका छन् ।

भवनको पहिलो तलामा ल्याब तथा इमेर्जेन्सी सहितको सेवा उपलब्ध गराइने छ । दोस्रो तलामा कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास रहने गरी व्यवस्था गरिएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७३ बैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते निर्माण कम्पनीले भवन सम्पन्न गरेको भएपनि कोभिड–१९को कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । नया भवनबाट कार्यालय व्यवस्थापन गरि चाडैनै सेवासुविधा उपलव्ध गराइने छ ।

तपाईको प्रतिक्रिया