हलेसी खबर
खोटाङ, १६ मंसिर । क्रिश्चियन शेर्पा संघ नेपालका अध्यक्ष निमा शेर्पाले आफुलाई नेपालमा सुरक्षा चुनौति रहेको बताएका छन् । नेपाल शेर्पा संघको निवर्तमान केन्द्रिय उपाध्याक्ष समेत रहेका उनलाई राजावादी तथा हिन्दु अतिवादीहरुबाट असुरक्षित रहेको बताएका हुन् ।
आफु बौध धार्मिक समुदायको भएपनि क्रिश्चियन धर्ममा आवद्ध भएपछि आफुलाई असुरक्षा बढेको बताएका छन् । शेर्पा समाज खोटाङको सँस्थापक समेत रहेका उनले आफुलाई फोन तथा म्यासेन्जरहरुबाट जीउ ज्यान लिने सम्मको धम्कि आएको बताएका छन् । काठमाडौमा निर्माण व्यवसाय गर्दै आएका उनलाई पटक पटक चन्दा माग्ने काम भएको र व्यवसाय नै चौपट बनाएर ज्यान मार्ने धम्की समेत आएपछि उनि जापान पुगेका छन् । आफ्नो सपरिवार जापान पुगेका उनी नेपाल शेर्पा संघको केन्द्रिय उपाध्याक्ष समेत बनेका थिए ।
हाल जापानमा रहेका उनले अहिले नै नेपाल आउन चाहेको बताएका छन् । आफ्नो सम्पुर्ण कारोबार नेपालमा भएकाले तुरुन्तै नेपाल फर्कनु पर्ने भएपनि अहिले पनि पटक पटक राजावादी अति हिन्दुवादी समुहले धम्कि दिईरहेको बताएका छन् । ‘उनीहरुले फोन तथा म्यासेन्जरमा अहिले पनि ज्यान मार्ने तथा अंगभंग गर्ने लगायतको धम्की दिईनै रहेका छन् । यस्तो बेला कसरी नेपाल आउने ?’ उनले भने । कुन कुन व्यक्तिले कहाँ बसेर धम्की दिए भन्ने बारेमा भने उनले धार्मिक हिँसा हुन सक्ने भन्दै नाम खुलाउन चाहेका छैनन् । उनले भने, ‘समय आएपछि सार्वजनिक गर्नेछु अहिले बेला भएको छैन ।’
क्रिश्चियन शेर्पा संघ नेपालका अध्यक्ष शेर्पा असुरक्षित
Halesi Khabar
0
Shares
तपाईको प्रतिक्रिया
- १. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- २. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ३. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ४. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ५. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी
- ६. एमालेको श्रम शिविर अभियान : तृतीयाभञ्ज्याङ–छितापोखरी सडक मर्मतको काम शुरु