गीत : आमा

Halesi Khabar
0 Shares

– डायमण्ड राई

कठ्यांग्रिदै पठाउँदैछु पर्देशीको माया
हिऊँ फूल्ने देशबाट सम्झेकोछु आमा।
आजै भेटौं बात मारौं छटपटी छ मनमा
कति रोयौ मलाई सम्झी आउँन पाईन आमा।
तिमलाई मलाई शितल दिने एउटै जुन तारा
कुन संजोगले पर्देशको बाटो रोजें आमा।
दश धारा दुधको मलाई पाप लाग्छ होला
बाँची गए तिम्रै काखमा फर्की आउँछु आमा।

 

नोट : खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपा (साविक जालापा गाविस ४ पुरानो गाउँ) मा जन्मेर प्रवासमा रहेका राईको आमाबुवाको सम्झनामा आएको गीत : उहाँको फेसबुक पेजबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया