सोलुको खास्तापमा प्राथामिक अस्पताल उद्घाटन

Halesi Khabar
0 Shares

हलेसी खबर
सोलुखुम्बु, २१ मंसिर । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं ३ स्थित खास्ताबमा १५ शैयाको अस्पताल शनिबार उद्घाटन भएको छ । खास्ताप स्थित ईलाका स्वास्थ्य चौकीलाई स्तरोउन्नती गरेर १५ शैयाको अस्पताल निर्माण गरिएको हो ।
सोलुखुम्बु प्रदेश सभा ‘ख’का सांसद एवं नेकपा प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले उद्घाटन गरेको अस्पतालले सगरमाथा जाने विश्वका नागरिकहरुलाई समेत सेवा दिन सक्ने बताईएको छ । प्रमुख अथितिका रुपमा बोल्दै श्रेष्ठले विकासमा तीनै तहको सरकार एक हुन आवश्यक रहेको बताएका छन् । उनले अस्पताल सञ्चालनका लागी प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि जानकारी दिए ।
नागरिकलाई सेवा दिने सवालमा कम्युनिष्ट सरकारले गरेको प्रयास देखेर विपक्षीहरु आत्तिएकोे भन्दै आफुहरु जनसेवामा सधै एक कदम अघि रहेको जिकिर गरेका छन् । यस्तै विशिष्ट अतिथि नेकपा सोलुखुम्बुका अध्यक्ष मानबीर राईले कम्युनिष्ट सरकारले विकासमा गरेको कायपलट देखेर विकास विरोधीहरु गलत प्रचारमा जुटेको भन्दै हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।
यस्तै गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले आफ्नो गाउँपालिकामा सञ्चालन भएको अस्पताल नाम मात्रैको नभई गुणस्तरिय स्वास्थ्य सेवा सहितको हुने बताए । नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भिर भएकाले आज अस्पताल उद्घाटन गर्न सफल भएको उनको भनाई थियो । गाउँपालिकामा बिकास भएन भनेर भ्रमको खेती गर्नेहरुको लागि यो गतिलो जवाफ भएको राईले बताए ।

तपाईको प्रतिक्रिया