आमा दिदीबहिनीहरुलाई खुशीको खबर, नगरपालिकाले शुरु ग¥यो गर्भवतीमैत्री कार्यक्रम

Halesi Khabar
0 Shares

हलेसी खबर
खोटाङ, २४ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत नयाँ कार्यक्रमको थालनी गरेको छ । पालिकाले नगर भित्रका सम्पुर्ण गर्भवती महिलाहरुकालागि नयाँ कार्यक्रम ल्याएको हो ।

उपमेयरसँग महिला कार्यक्रमको बुधबार वडा नं १० पाथेकाबाट औपचारिक रुपमा शुरुवात गर्दै नगरपालिकाका मेयर दिपनारायण रिजालले आमा र बच्चा बाँचेमा समाज बाँच्न सक्ने बताएका छन् । कार्यक्रममा गाउँघरमा अझैपनि कतिपय आमा दिदि बहिनिहरुले समयमा औषधी तथा पोषणको कमीले गर्दा जोखिम मोल्नुपर्ने बाध्यता रहेका बेला नगरले अलिकती भएपनि सहयोग गर्न कार्यक्रम ल्याएको रिजालको भनाई रहेको थियो ।

निःशुल्क भिटामिनका चक्कि तथा गर्भवती महिला केन्द्रित नयाँ कार्यक्रमको शुभारम्भ गरेको अवसरमा नगरपालिकाका उपमेयर विणादेवि राईले महिलाहरुले गर्भवती भएको अवस्थामा स्वास्थ्यको ख्याल गर्नु पर्ने बताएकी छन् । उनले यस्ता बेलामा खाने भिटामिन तथा पोषणको अभावले जोखिम बढ्ने भन्दै नगरले यसतो कार्यक्रम ल्याउनु परेको बताएकी छन् ।

बुधबारबाट शुरु गरिएको कार्यक्रमलाई नगरले सँधै निरन्तरता दिनेगरी गर्भवतीहरुलाइ निःशुल्क क्याल्सियम चक्की र फोलिक एसिड चक्की वितरण गरिने भएको छ । यस्तै वडामा भएको वर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवतीहरुलाई जिल्ला अस्पताल सम्म ल्याउन लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाको उपप्रमुखसँग महिला कार्यक्रम र स्वस्थ्य शाखा बाट प्रदान गर्ने कार्यक्रम सुरुवात भएको छ भने गर्भवती महिलाहरुको रगत परिक्षण समेत निःशुल्क हुने कार्यक्रम समेत शुरु रहेको छ ।
पैसा नभएकै कारण क्याल्सियमहरु किन्न नमान्ने पछि गर्भवती र बच्चा दुबैलाइ धेरै अप्ठ्यारो अवस्था आइपरेको कुराहरु सुनिरहेकै कारण नगरपालिकाले यो महत्वपूर्ण कार्यक्रमहरुको सुरुवात गरेका जनाएको छ ।

तपाईको प्रतिक्रिया