संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौँ, १ पुस । सत्तारुढ दलका प्रतिनिधी सभा सदस्य एवं संघीय सांसदहरुको टोलि शीतलनिवास पुगेका छन् । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै उनिहरु निवेदन लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका छन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन भने पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले सुनाए । उनको मोवाइल पनि स्वीच अफ रहेको नेताहरुको भनाई रहेको छ ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुको आरोप रहेको छ ।

तपाईको प्रतिक्रिया