काठमाडौं, १ पुस । विवादको चुचुरोमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा सहमतीको संकेत देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएपछि यो संकेत देखिएको हो ।
अध्यादेश फिर्ता गर्ने सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताका अनुसार अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।