हलेसी खबर
काठमाडौं, १ पुस । विकसित राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न बसेको नेपाली काँग्रेसको बैठकले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेता साथै संसदीय फाटका नेताहरुको बैठकले तत्काल संसदको अधिवेशन बैठक बोलाउन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ भने बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ ।
बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।