खोटाङमा विप्लव कार्यकर्ता बाग्ध्वज पक्राउ

Halesi Khabar
0 Shares

हलेसी खबर

खोटाङ, १ पुस । खोटाङमा फेरीपनि विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा विप्लव कार्यकर्तालाई नेपाल र प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ बागध्वजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विप्लव कार्यकर्तालाई रातका समयमा भरुवा बन्दुक, राईफल तथा पेस्तोलका गोली, बारुद, छर्रा लगायत वन्दोवस्तीका सामान सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

विप्लव कार्यकर्ताले जंगलमा सेल्टर बनाएको सूचनाका आधारमा मंगलबार छापा मार्दा मंगलबार एक नाल भरुवा बन्दुक, पेस्तोल तथा राईफलको ७३ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने छरुवा तथा बारुद, विभिन्न कम्पनीका सिमसहितका मोबाईल, प्रयोगमा ल्याइसकिएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात नखोलिएका सिम १२ थान, भिर्ने झोला चार थान, कम्मरमा बाँध्ने झोला दुई थान, दुई वटा ट्यांक लगायतका वन्दोवस्तीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

विप्लव कार्यकर्तामाथि हात हतियार खरखजना तथा राज्य विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको डिएसपी चिमरियाले जानकारी दिए । रातका समयमा टेन्ट हालेर सेल्टर लिने गरेको सूचनाको आधारमा त्यस क्षेत्रमा प्रहरीले छापा मारेको हो ।

तपाईको प्रतिक्रिया