राप्रपाले राजसंस्था माग गर्दै आन्दोलन गर्ने

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, २ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको मागगर्र्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको आरोप लगउँदै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाका एक नेताले जानकारी दिएका छन् ।

पुस १२ गतेबाट ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ । पुस १२ गतेदेखि २१ गतेसम्म मोटरसाइकल ¥याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने छ । तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया