उखु किसानको भुक्तानी नदिनेलाई पक्राउ नगर्न नेताको दबाब

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, २ पुस । उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न नेताहरुबाट दबाद आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् । आफ्नो उखुको भुक्तानी नपाएका किसानहरु राजधानीमा आएर आन्दोलनमा गरिरहेको बेला मन्त्री भट्टले भने यस्तो जानकारी दिएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै भट्टले भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न नेताहरुबाट नै फोन आउने गरेको खुलासा गरेका हुन् । उनले बाहिरी रुपमा किसानको पक्षमा वकालत गर्नेहरुले नै उद्योगीलाई पक्राउ नगर्न आफूलाई दबाद दिइरहेको जानकारी व्यक्त गरे ।

उखुकिसानहरु लगातार सडक आन्दोलनमा रहेका छन् । सरकारको गृहमन्त्रालयले भने यसअघिनै भुक्तानी नदिने उद्योगी व्यवसायीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने जनाईसकेको छ ।

तपाईको प्रतिक्रिया