हलेसी खबर
काठमाडौं, २ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले मूख्य प्रमुख प्रशिक्षक पाएको छ । क्यानले बिहिबार एक वक्तव्य जारी गर्दै डेव वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
नेपालमा क्षमतवान क्रिकेट खेलाडीहरु रहेकाले नेपालको भविष्य राम्रो भएको भन्दै वाटमोरलाई जिम्मेवारी दिईएको क्यानले जनाएको छ । मुख्य प्रशिक्षक वाटमोरलाई भने नयाँ चुनौती रहेको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् । सो पदका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा रहेका थिए । क्रिेकेटका पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि प्रतिस्पर्धामा सहभागी भएका थिए । यी सबै ११ जनालाई उछिन्दै वाटमोर छनोटमा परेका छन् । उनको तलब मासिक १० हजार डलर आसपास हुने जनाईएको छ । कर लगायतका विषय टुंगो लागेपछि तलबको टुङगो लाग्ने छ ।
यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्नु भएको क्यानले जनाएको छ ।